7 years ago
January 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि २ सय ५ जना खेलाडीले अक्सनमा आफ्नो नाम दर्ता गराएका छन् । खेलाडीलाई नाम दर्ता गर्ने अवधि पुष १७ गतेसम्म रहेको थियो ।
तेस्रो संस्करणको अक्सनमा सहभागिता जनाउन कुल २ सय ५ खेलाडीले आफ्नो नाम दर्ता गराएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहिले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । यसपटक प्रतियोगितामा खेलाडीले आफ्नो बेस प्राइस (न्युनतम मूल्य) आफैं तोक्ने प्रावधान रहेको छ । खेलाडीहरुले आफ्नो बेस प्रेस ३० हजार देखी २ लाख ५० हजार सम्म निर्धारण गर्न सक्नेछन् ।
अक्सन आगामी शनिबार काठमाडौंको होटल अन्नपूर्णमा हुदैँ छ । डीपीएल माघ २६ देखी फागुन ११ गते सम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा चल्ने छ । गत संस्करणको डीपीएलको उपाधि धनगढी टिम चौराहाले काठमाडौं गोल्डनेन्सलाई २१ रनले पराजित गर्दै जितेको थियो ।
यसपटक राष्ट्रिय टोलीका कप्तान पारस खड्काले धनगढी प्रिमियर लिग खेल्ने छैनन् । उनले पारीवारिक व्यस्तताका कारण डीपीएल खेल्न नसक्ने जानकारी दिएका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]