7 years ago
January 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने विग ब्यासमा शानदार प्रर्दशन गर्दै मंगलबार राती बंगलादेशतर्फ लागेका छन् ।
मंगलबार राति मेलबर्न विमानस्थलबाट ढाकाका लागि प्रस्थान गरेका सन्दीपले आफ्नो सामाजिक संजालमा फोटो राख्दै मेलबर्न स्टार्सलाई आगमी खेलको लागि शुभकामना समेत दिएका छन् । सानदार प्रर्दशन गरेका सन्दीपले विग ब्यास भन्दा पहिला बंगलादेश प्रिमिएर लिगमा सिलहेट सिक्सर्ससँग सम्झौता गरेको कारण बंगलादेश गएका हुन् । सिलहेट सिक्सर्सबाट सन्दीपले जनवरी २३ सम्म बंगलादेश प्रिमियर लिग खेल्ने छन् । त्यसपछि उतैबाट २४ जनवरीमा युएईसँग हुने समान तीन ओडीआई र टी २० को लागि दुबईतर्फ लाग्ने छन् ।
यस्तो रह्यो विग ब्यासमा सन्दीपको प्रर्दशन
सन्दीपले आफु कुन स्तरको बलर हुन भन्ने विश्व क्रिकेटलाई विग ब्यासमा पनि प्रमाणित गरेर देखाए । यसभन्दा अघि इन्डियन प्रिमियर लिग (आईपीएल) ,क्यानडा प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र यूएईको टी–१० लिगमा पनि सन्दीपले आफुलाई प्रमाणित गरिसकेका थिए । मेलबर्न स्टारबाट विग ब्यास खेलेका सन्दीपले ४ खेलमा ८ विकेट लिन सफल भए । जस्मा चारै टिममा कप्तानलाई आफ्नो गुग्लीको पासोमा फसाए ।
सन्दीपले बिग ब्यासका ४ खेलमा १६ ओभर बलिङ गर्दै १ सय ९ रन खर्चे । उत्कृष्ट प्रर्दशन गरेका सन्दीपले लिएका ८ विकेट मध्य चार विकेट विपक्षी कप्तानका थिए । सन्दीपले सिड्नी थन्डरविरुद्ध डेब्यूमै दुई विकेट लिदै सनसनि मच्चाए । डेब्यूमा सन्दीपले सिड्नीका कप्तान सेन वाटसन र क्यलम फर्गसनलाई आउट गरे । उक्त खेलमा सन्दीपले ४ ओभरमा ३६ रन खर्चिए ।
दोस्रो खेलमा सन्दीपले होबार्ट हरिकेन्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । कप्तान मयाथ्यू वेड सहित एलेक्स डूलन र बेन मेक्डरमटलाई सन्दीपले पेभिलिएन फर्काए । तेस्रो खेलमा सन्दीपले झनै घातक बलिङ गर्दै सिड्नी सिक्सर्सबीरुद्ध ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिए । सिड्नीका कप्तान मोइशेस हेनरिक र टम करन सन्दीपको शिकार बने । चौथो खेलमा सन्दीपले मेलबर्न रेनेगेड्सविरुद्ध मध्यम प्रर्दशन गर्दै ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । सन्दीपले कप्तान टम कुपरलाई पेभेलियन फर्काएका थिए ।
११ औं संकरणमा साविक दिल्ली डेयरडेभिल्सबाट व्यवसायिक क्रिकेट यात्रा थालेका सन्दीपले विश्वका चर्चिच फेन्चाइज टी–२० लिगमा आफ्नो राम्रो छाप छोडेका छन् । छाप मात्र होइन नाम र दाम पनि राम्रो कमाइरहेका छन् । साच्चै सन्दीपले भने जस्तै उनको राम्रो प्रर्दशनले अन्य प्रतिभाशाली नेपाली खेलाडीहरुको लागि पनि विदेशी व्यवसायिक लिग खेल्न अब बाटो धेरै सहज बनेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]