7 years ago
January 3, 2019
एजेन्सी – अष्ट्रेलिया र भारतबीचको चौथो तथा निर्णायक टेस्ट सिड्नीमा जारी छ । आज टस जितेर पहिला ब्याटिङ थालेको भारतले राम्रो सुरुवात गरेको छ । तर सिड्नीमा अष्ट्रेलिया र भारतका दुबै खेलाडीलाई अलि फरक रुपमा देखियो ।
दुवै टोलीका खेलाडी कालो पट्टी बाँधेर मैदान उत्रिएका छन् । दुबै टोलीले कालो पट्टी बाध्नुको फरक फरक कारण रहेको छ । पुर्व ब्याट्सम्यान बिल वाटसनको निधन भएको कारण शोक ब्यक्त गर्न कालो पट्टी बाधेर आफ्ना खेलाडी मैदान उत्रेको अष्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ ।
त्यस्तै भारतीय खेलाडीले पनि कालो पट्टी बाँधेर मैदान उत्रिएका छन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका अनुसार सचिन तेन्दुलकरका प्रशिक्षक रमाकान्त आचरेकरको बुधबार भएको निधन प्रति शोक ब्यक्त गर्न कालो पट्टी बाधेका हुन् । आचरेकरले सचिन मात्र नभएर मुम्बईको क्रिकेट मैदानहरुमा थुप्रै क्रिकेटरलाई प्रशिक्षण दिएका थिए ।
चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ । भारतले चौथो टेस्टमा जित वा ड्र गराए पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्ने छ । पराजित भए यस पटक पनि भारतको सपना अधुरै हुने छ । जुन इतिहास रच्न कप्तान विराट कोहली सहित अन्य खेलाडी आतुर देखिन्छन् । अहिले सम्म भारतसँग घरेलु मैदानमा टेस्ट सिरीज नगुमाएको अष्ट्रेलियाले आफ्नो ऐतिहासिक साख जोगाउन हर परयास गर्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]