7 years ago
January 3, 2019
एजेन्सी (सिड्नी)– चेतेश्वर पुजाराले करिअरको १८ औं शतक प्रहार गरेपछि अष्ट्रेलियासँगको चौथो तथा अन्तिम टेस्टको पहिलो दिनमै भारत विशाल योगफल तर्फ बढेको छ ।

सिड्नीमा पहिलो दिनको खेल सकिँदा टस जितेर ब्याटिङ थालेको भारतले ९० ओभरमा ३ सय ३ रन बनाउन ४ विकेट गुमाएको छ । उस्का लागि पुजारा २ सय ५० बलमा १६ चौका प्रहार गर्दै १ सय ३० रनमा नट आउट छन् । पुजारालाई हनुमा बिहारीले ३९ रन बनाई साथ दिएका छन् ।
त्यसअघि ओपनर युवा खेलाडी मयंक अग्रवालले उत्कृष्ट ब्याटिङ गर्दै ७७ रन बनाएपछि भारतले राम्रो सुरुवात पाएको थियो । अग्रवालले १ सय १२ बलमा ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान विराट कोहलीले २३,अजिंक्या रहाणे १८ र केएल राहुल ९ रनमा पेभिलिएन फर्के । अष्ट्रेलियाका लागि जोश हेजलवुडले दुई,मिचेल स्टार्क र लाथन लायनले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ सय ३७ रनले भएपछि पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्ने आसा पलाएको हो । भारतले चौथो टेस्टमा जित वा ड्र गराए पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]