default_image

7 years ago

January 5, 2019

‘रुस्लान डीपीएल-३’ का सर्वाधिक महँगा १० खेलाडी

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको अक्सन भर्खर समापन भएको छ । अक्सनमा समावेश कुल २ सय ५ खेलाडी मध्यबाट अक्सनबाट ६६, स्थानीय ६ र मार्की ६ गरेर ७८ खेलाडी टोलीमा अनुबन्ध भएका छन् ।

राष्ट्रिय टिम र केहि युवा खेलाडी महँगो मुल्यमा विकेका छन् । ६ फ्रेन्चाइज टोलीले ११/११ जना खेलाडीमामथि मुल्य लगाउदा एक एक जना ट्यालेनट हटका खेलाडी अनुबन्ध गरेका छन् । पछिल्लो समय घरेलु प्रतियोगितामा सानदार प्रर्दशन गर्दै आएका युवा खेलाडी पवन सर्राफ, भिम सार्की सर्वाधिक महँगो मुल्यमा पाए ।

सर्वाधिक १० महँगा खेलाडीमा ४ रुपन्देही च्यालेन्जर्सले किनेको छ । डीपीएल आगमी माघ २६ देखी फागुन ११ गते सम्म धनगढीमा हुँदै छ । ६ जना खेलाडी २ लाख ५० हजारमा अनुबन्ध भएका छन् ।

यी हुन् महँगो मुल्यमा बिक्री हुने १० खेलाडी :

१. ललितसिंह भण्डारी,रुपन्देही च्यालेन्जर्स,२ लाख ५० हजार

१. विनोद भण्डारी,रुपन्देही च्यालेन्जर्स,२ लाख ५० हजार

१. आरिफ शेख,महेन्द्रनगर युनाइटेट,२ लाख ५० हजार

१. ललितनारायण राजवंशी,काठमाडौं गोल्डेन्स,२ लाख ५० हजार

१. पवन सराफ, धागढी स्टार्स,२ लाख ५० हजार

पवन शर्राफ

१. भिम सार्की रुपन्देही च्यालेन्जर्स,२ लाख ५० हजार

७. प्रदीप ऐरी रुपन्देही च्यालेन्जर्स,२ लाख ४० हजार

८. सन्दीप जोरा, सिवाईसी अत्तरया,२ लाख ३० हजार

८. रोहित कुमार पौडेल,महेन्द्रनगर युनाइटेड,२ लाख ३० हजार

१०. भुवन कार्की, सिवाईसी अत्तरया,२ लाख १० हजार

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.