7 years ago
January 6, 2019
भूपेन्द्र जि.सी, काठमाडौं
सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पाइला टेकेको नेपाल हालसम्म टी–२० विश्वकप हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता सम्म आईपुगेको छ । नेपाली टोलीको अबको सपना एकदिवसिय विश्वकप हुँदै १०-१५ वर्षभित्र टेस्ट राष्ट्र बन्नु हो । जुन सपना कप्तान पारस खड्काले देखाएका छन् ।

पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । सन् २००९ देखी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले थुप्रै बाधा-अवरोध र समस्यालाई पार लगाउँदै विश्वमा उदाहरणीय क्रिकेट देशको रुपमा नेपाललाई चिनाएका छन् । सन् २००९ मा विनोद दासपछि पारसले कप्तानको जिम्मेवारी पाएका थिए । उनले एसीसी टी २० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरे । यो १० वर्षको अवधिमा डिभिजन ५ बाट सुरु भएको नेपालको यात्रा टेस्ट मान्यता प्राप्त गर्ने हैसियतसम्म पुगेको छ ।
तर कुनैपनि खेलाडी सदाबहार खेल्न सक्दैन र कप्तानमा पनि त्यहि लागु हुन्छ । उमेरसँगै मैदानमा प्रदर्शन पनि खस्किँदै जान्छ र आफ्नो मनले नचाहँदै पनि क्रिकेटबाट विश्राम लिनुपर्छ । पारस अहिले घरेलु क्रिकेटमा केहि कमजोर प्रदर्शन गरिरहेका छन् । तर उनको अन्तर्राष्ट्रिय स्तरमा भने प्रदर्शन गजबको छ । त्यसैले नेपाली क्रिकेटले अहिले नै उनको विकल्प खोज्ने बेला भएको छैन । पारस आफैंले पनि बेला-बेलामा आफ्नो भविष्यबारे उचित समयमा निर्णय लिने बताउँदै आएका छन् । अहिलेको समय पारसको विकल्प खोज्ने समय हैन र अहिले नै त्यसको जरुरत पनि छैन । ३१ वर्षिय पारस आफ्नो क्रिकेट करियरको बीचमा छन्, उनले यसै लयलाई कायम राखे कम्तिमा पनि अझै ३-४ वर्ष राष्ट्रिय टिमबाट खेल्ने निश्चित छ ।
गत सेप्टेम्बरमा एसिया कप छनोट क्यालिफायरमा निराश प्रर्दशन गरेर फर्केपछि पारसले भनेका थिए,’अर्को पटक हामी एसिया कप खेल्ने छौं तर मेरो कप्तानीमा होइन । अरु कसैको कप्तानीमा मलाई खेलाडीको रुपमा मात्र देख्नुहुनेछ” । यो भनाईबाट थाहा हुन्छ पारस अव धेरै लामो समय सम्म नेपाली टोलीको कप्तानी गर्ने छैनन् । यसै क्रममा पारसले अब आफू जस्तै सक्षम अर्थात कुशल कप्तान तयार पार्ने समय आएको छ । जस्मा विशेष गरेर पारसले युवा प्रतिभाशाली खेलाडीलाई प्रथामिकतामा राख्नुपर्छ । यो कार्य गर्न पारसले ढिला गर्नु हुँदैन ।

पारसले यस कार्यमा ध्यान नदिए उनको सन्न्यासपछि नेपाली क्रिकेट पुनर्निर्माणमा ठूलो धक्का लाग्ने छ । एक्कासी कप्तान सुम्पिदा टोलीको प्रर्दशनमा उथल पुथल आएको विश्व क्रिकेटमा थुप्रै उदारण छन् । जसमा वार्त्माना परिस्थितिको श्रीलंका र अष्ट्रेलियालाई लिन सकिन्छ । कुमार संगाकारा कप्तान हुँदा श्रीलंका विश्वको उत्कृष्ट राष्ट्रमा गनिन्थ्यो । हरेक प्रतियोगिता र श्रृंखलामा श्रीलंकालाई सधैं उपाधिको दावेदारको रुपमा हेरिन्थ्यो । तर, संगाकारको विश्रामपछि श्रीलंका क्रिकेट दिनप्रतीदिन ओरालो लागि रहेको छ । यहाँसम्म की सन् २०१४ को टी-२० विश्वकपको च्याम्पियन टिम चार वर्षपछि शीर्ष ८ मा पर्न नसक्दा विश्कप छनोट खेल्नु पर्ने भएको छ ।
श्रीलंकाले पछिल्लो एक वर्षमा ५ भन्दा बढि कप्तान परिवर्तन गर्दा पनि नतिजा निराशजनक आइरहेको छ । लगातार हारको कारण आफ्नै समर्थकले थुप्रै पटक मैदानमा विरोध पनि जनाएका छन् । त्यस्तै स्टिभ स्मिथ बल टेम्परिङ काण्डका कारण एक वर्ष प्रतिवन्धमा पर्दा अस्ट्रेलिया चार दशक यताकै खराब स्थितीमा छ । टेस्ट क्रिकेट होस् या सिमित ओभरको क्रिकेट नतिजा विपक्षीको पोल्टामा जाँदा एक समय विश्व क्रिकेटमा एकल दबदबा जमाएको अष्ट्रेलिया अहिले संकटमा छ ।
त्यसैले नयाँ कप्तान तयार गर्न पारसको लागि यो सबैभन्दा उत्तम समय हो । अबको समय पारसले सक्षम कप्तान तयार गर्नतर्फ लाग्नुपर्छ । दावेदारको रुपमा शरद भेषवाकर र ज्ञानेन्द्र मल्ल रहेपनि पारसले यी दुवैलाई छाडेर नयाँ युवा खेलाडीलाई तयार पार्नुपर्छ । पारस, शरद र मल्ल लगभग एक दुई वर्ष अन्तरालको उमेरमा मात्र फरक छन् । सम्रगमा एउटै उमेरका हुन् । यी तीन खेलाडीको सन्न्यासको अन्तराल पनि एक दुई वर्षको भन्दा फरक हुने छैन ।

अनि त्यसपछि कसले गर्छ कप्तानी ? त्यसैले पारसले शरद र मल्ललाई छाडेर आफ्नो सन्न्यासअघि प्रतिभाशाली कुशल र सक्षम कप्तान तयार पार्न चुनौती छ । जसले गर्दा नेपालले विश्व क्रिकेटमा अझ छिटो फड्को मार्नेछ । नेपालको टेस्ट राष्ट्र बन्ने बाटो पनि यसैमा अडेको छ । घरेलु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनलाई हेर्दा पारसपछि नपालको कप्तानी यी तीन खेलाडीले गर्न सक्छन् ।
दिपेन्द्रसिंह ऐरी
ऐरीलाई अहिले देखीनै पारसपछि कप्तानको रुपमा हेरिएको छ । संभवत पारसले आफ्नो जिम्मेवारी पनि दिपेन्द्रलाई दिनेछन् । महेन्द्रसिंह धोनीले यू–१९ विश्वकप जिताएका विराट कोहलीलाई कप्तानको रुपमा तयार पार्दै उक्त जिम्मा दिँदा आज भारत विश्वको नम्बर वान टिम बनेको छ । युवा अलराउण्डर ऐरीले पछिल्लो दुई वर्षमा राष्ट्रिय तथा घरेलु टिमबाट निरन्तर राम्रो प्रर्दशन गरिरहेका छन् ।

तस्बिर : रमण सिवाकोटी
सन् २०१७ नोभेम्बरमा यू १९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै पहिलो ऐतिहासिक जित निकाल्दा कप्तान ऐरीले ८८ रन र ४ विकेट लिएका थिए । त्यतिमात्र होइन यू–१९ विश्वकप र उमेर समुहमा सानदार प्रर्दशन गरि सकेका ऐरीले पछिल्लो एक वर्ष यता राष्ट्रिय टिमबाट लगातार राम्रो प्रर्दशन गर्दै आएका छन् । दिपेन्द्रको प्रर्दशनले शरद र ज्ञानेन्द प्रर्दशनपनि छाँयामा पर्न थालेको छ ।
नेपाललाई वान डे मान्यता दिलाउन ऐरीको महत्वपूर्ण योगदान छ । टिमको आवश्यकता अनुसार ब्याटिङ गर्ने उनले पार्टटाइम बलिङपनि गछन् । ऐरीले यू १९ मा सफल कप्तानको रुपमा निर्वाह गरि सकेका छन् । दिपेन्द्रले एभरेष्ट प्रिमियर लिग (ईपीएल) दोस्रो संकरणमा चितवन टाइगर्स र पोखरा प्रिमियर लिगमा(पीपीएल) मा एक्सपर्ट धनगढीबाट कप्तानी गरिसकेका छन् ।
प्रदर्शनको आधारमा पनि फ्रेन्चाइज लिघरुमा सर्वाधिक रन बनाउने शीर्ष ५ भित्र नेपालबाट एक मात्र खेलाडीको रुपमा दिपेन्द्रको नाम छ । ऐरीले ३ वान डे, १ टी–२० अन्तर्राष्ट्रिय र १८ लिष्ट ए को अनुभव बटुलिसकेका छन् । सूरुवाती ३ वान डे खेलमा नेपालबाट सर्वाधिक रन बनाउने सूचिको शीर्षस्थानमा ऐरीको नाम छ । त्यसैले धेरैले दिपेन्द्रमा पारसको छाँया देखेका छन् । पारसपछि कप्तानको रुपमा दिपेन्द्रलाई पहिलो रोजाईमा हेरिएको छ ।
सोमपाल कामी
तीव्र गतिका बलिङ अलराउण्डर सोमपाल कामी पारसपछि कप्तान गर्न सक्ने ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । अलराउण्डर सोमपालले तीन चर्चित घरेलु लिग ईपीएल, डीपीएल र पीपीएलमा सफल कप्तानको भूमिका निर्वाह गरिसकेका छन् । सोमपालकै कप्तानीमा दोस्रो सकंरणको डीपीएलको उपाधि धनगढी टिम चौराहले जितेको थियो ।

सोमपाल कामी (फाइल तस्बिर)
राष्ट्रिय टिममा पनि सोमपालले उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पछिल्लो ४ वर्ष यता निरन्तर राष्ट्रिय टिमबाट खेलिरहेका सोमपालले टोली र फ्यानलाई निराश बनाएका छैनन् । नेपाललाई टी–२० विश्वकप देखी पहिलो ओडीलाई जिताउन सम्म उनको प्रर्दशन महत्वपूर्ण छ । सोमपालले १२ टी–२० अन्तर्राष्ट्रिय, ३ वान डे(ओडीआई) र ४० लिष्ट ए खेली सकेका छन् । टी– २० क्रिकेटमा १० औं नम्बरमा आएर ४० रन बनाउने सोमपालको विश्व कीर्तिमान समेत छ । सोमपाललाई पनि पारसपछि नेपाली टोलीको कुशल नेतृत्व गर्न सक्ने ठूलो सम्भावना बोकेको खेलाडीको रुपमा हेरिएको छ ।
आरिफ शेख
आरिफ शेखले हालसम्म कुनै प्रतियोगितामा कप्तानी गरेका छैनन् । तर यू–१९ विश्वकमा उप-कप्तानको भूमिका निर्वाह गरेका छन् । पछिल्लो एक वर्षमा आरिफ राष्ट्रिय टिमबाट मिडिल अडरमा पहिलो रोजाईमा पर्दै आएका भरपर्दा युवा खेलाडी हुन् । परिस्थीति अनुसार खेल्ने आरिफले थुप्रै पटक हारको संकट टारेका छन् । साथै ओडीआई मान्यता प्राप्त गर्न उनको प्रर्दशन निकै महत्वपूर्ण रहेको छ ।

ब्याटिङमा नेपालबाट ठूलो संभावनाको रुपमा हेरिएको आरिफले मिडियम पेश बलिङ पनि गर्ने क्षमता राख्दछन् । आरिफले ३ वान डे, १ टी–२० अन्तर्राष्ट्रिय र २० लिष्ट ए को अनुभव बटुली सकेका छन् । आफ्नो मेहनतलाई अझै बढाउँदै लगे साथै आगमी दिनमा घरेलु लिगको कप्तानको जिम्मा दिए पारसको सन्न्याससम्म आरिफ कुशल कप्तानको रुपमा तयार हुन सक्छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]