7 years ago
January 6, 2019
ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली सिल्हेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ अन्तर्गत पहिलो खेल कोमिल्ला भिक्टोरिएन्सविरुद्ध खेल्दैछ । सन्दीपले आज सिलहेट सिक्सर्सबाट खेले बीपीएलमा डेब्यु गर्नेछन् । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ देखी ढाकामा सुुरु हुने छ ।

सन्दीपको टिमको कप्तानी अष्ट्रेलियाका पूर्व उप-कप्तान डेविड वार्नरले गर्ने छन् । कोमिल्लाको कप्तानी तामिम इकवालले सम्हाल्नेछन् । सन्दीपको टिम सिक्सर्समा वार्नरसँगै लिटन दास,महोम्मद इरफान, मोहम्मद नवाज, इमरान ताहिर, निकोलस पूरन, सब्बिर रहमान, नासिर हुसैन, आन्द्रे फ्लेचर जस्ता खेलाडी छन्।
यता स्टार खलाडीले भरिएको कोमिल्लाको कप्तानी तामिम इकवालसँगै,अष्ट्रेलियाका पूर्व-कप्तान स्टिभ स्मिथ, शाहिद अफ्रिदी, इमरुल कायस, एविन लुईस, मेहदी हसन, सोएब मालिक जस्ता स्टार क्रिकेटर छन् । विग ब्यासमा सूरुवाती ४ खेलमा सानदार प्रर्दशन गर्दै सन्दीपले ८ विकेट लिएका सन्दीपले सिक्सर्ससँग पहिला सम्झौता गरेको कारण विग ब्यास छोडोर जनवरी २ मा विपिएल खेल्न गएका थिए ।
सन्दीपले विपिएलमा २३ जनावरी सम्ममात्र खेल्ने छन् । त्सपछि नेपाल र युएईसँग हुने समान तीन ओडीआई र टी–२० सिरीजका लागि सन्दीप दुबई प्रस्थान गर्ने छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]