7 years ago
January 9, 2019
एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल)को आफ्नो दोस्रो खेलमा चित्तागोंग भाइकिंग्सविरुद्ध धारिलो बलिङ गरेका छन् । यद्यपी विकेट भने लिन सकेनन् ।

सिल्हेटका कप्तान डेविड वार्नर र सन्दीप लामिछाने
सन्दीपले ४ ओभरमा २१ रन खर्चेदै कसिलो बलिङ गरेपनि विकेट भने हात पार्न सकेनन् । सन्दीपलाई कप्तान डेविड वार्नरले ७ औं ओभरका बलिङ गर्न ल्याएका थिए । पहिलो ओभरमा सन्दीपले तीन बल डट सहित मात्र ४ रन खर्चिए । १२ औं ओभरमा सन्दीपले ३ रन मात्र खर्चे । जस्मा तीन डट र तीन रन सिंगल थियो ।
१४ औं ओभरमा सन्दीपले ५ रन खर्चिए । जुन सबै सिंगलनै रन थियो । त्यस्तै सन्दीपले १६ ओभरमा ९ रन खर्चदै आफ्नो बलिङको कोटा सकाए । अन्तिम बलमा सिकन्दर राजाले चौका प्रहार गरेपछि अन्य ओभरको तुलानामा अलि बढि रन खर्चिए ।
सिलहेट सिक्सर्सलेले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य पछ्याएको चित्तागोंगले १६ ओभरमा १सय १८ रन जोड्न ५ विकेट गुमाएको छ ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको सिक्सर्सले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन जोडेको थियो । सुरुवाती ६ रन जोड्न ३ विकेट गुमाएको सिक्सर्सको पाली डेविड वार्नर, अफिफ हुसैन र निकोलस पुरनले समालेका थिए । वार्नरले ४७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५९ रन जोडे ।
त्यस्तै अफिफ हुसैनले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४५ रनको योगदान दिए । पुरनले ३२ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ५२ रनमा अविजीत रहे । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । उसका लागि रोबी फ्राइलिनकले ३,खलिद अमिद र नईम हसनले समान एक विकेट लिए ।
सन्दीपले पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए ।पहिलो खेलमा सिक्सर्स कोमिल्ला भिक्टोरिएन्ससँग ४ विकेटले पराजित भएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]