default_image

7 years ago

January 9, 2019

रुविनाको कप्तानीमा महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा

236 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा हुने महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा भएको छ । १४ सदस्यीय नेपाली टोलीको छनोट राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका विनोद कुमार दासले छनोट गरेका हुन् ।

नेपाली टोलीको बन्द प्रशिक्षण दुई साताअघि देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानमा भएको थियो । रुविना क्षेत्री (वेलवासे) को कप्तानमा १४ सदस्यीय महिला टोलको घोषणा भएको हो । उप–कप्तानमा सीता रानामगर रहेकी छन् ।
थाइल्यान्ड महिला टी–२० स्मास क्रिकेट प्रतियोगिता १२ जनवरी देखि १८ जनवरीसम्म सञ्चालन हुँदैछ ।

नेपाली टोली :
रुविना क्षेत्री (वेलवासे) कप्तान
सीता राना मगर (उप–कप्तान)
करुणा भन्डारी
सरिता मगर
नेरी थापा
इन्दु वर्मा
सोनु खड्का
आरती विडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुँवर
डोली भट्ट
ममता कुमारी चौधरी
विन्दु रावल

रिजर्भ खेलाडी
रितु कुमारी कनोजिया
सुमन विष्ट
सब्नम राई

मुख्य प्रशिक्षकः विनोद कुमार दास

म्यानेजरः अमृता पौडेल

फिजियोः सकुना डानी

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.