default_image

7 years ago

January 9, 2019

विनोद भण्डारीको शतकमा आर्मीको फराकिलो जित

173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आक्रामक ब्याट्सम्यान विनोद भण्डारीले शानदार शतक प्रहार गरेपछि इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई २ सय ४९ रनकोफराकिलो अन्तरले पराजित गरेको छ ।

विनोदले ६५ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै १ सय ३ रन जोडे । त्यस्तै युवा खेलाडी भिम सार्कीले १ सय १० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ९६ रन जोडे । सार्की शतक बनाउन मात्र ४ रनले चुक्न पुगेका थिए । आर्मीका विक्रम सोब ३५ र हरिकृष्ण झाले ४० रन जोडे । कर्णालीका लागि युवराज केसिले ३,चन्द्र बिसि र दिवान पुनले समान २र२ विकेट लिदा प्रकास जैसी र राज कुमार साहलेको नाममा समान १ विकेट रह्यो ।

जवाफमा ३ सय १५ रनको लक्ष्य पक्ष्याएको कर्णाली २६ औं  ओभरमा ६५ रनमा अल आउट भयो । उसका लागी निश्चत महत २७ र टेक सलामीले १६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । आर्मीका लागि कुशल मल्लले ४,साहव आलमले ३,विक्रम शोव र हरि चौरानले समान एक विकेट लिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.