default_image

7 years ago

January 10, 2019

नेपालविरुद्ध नाविदले यूएईको कप्तानी सम्हाल्ने

123 views

0 Bookmark

काठमाडौं – नेपालसँग हुने तीन ओडीआईको लागि संयुक्त अरब एमिरेट्स क्रिकेट बोर्ड (यूएई) ले १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा मोहम्मद नाविदलाई कप्तानको जिम्मा दिएको छ ।

इमर्जिङ्स टिम्स एसिया कप दौरान सामाजिक सञ्जाल ट्विटरमा पाकिस्तानमा पाएको सेवा सुविधा बारे टिका टिप्पणी गरेको भन्दै यूएई क्रिकेट बोर्डले कप्तान रोहन मुस्तफा,अहमद राजा र रमीज शहजादलाई गत पुस ५ मा ८ हप्ताको प्रतिबन्ध लगाएको थियो । जस्को कारण नेपालसँगको ओडीआई सिरीजको लागि नाविदलाई कप्तानी दिएको हो । नाविद नेपाली खेलाडीसँग राम्रोसँग परिचित अनुहार हुन् ।

नाविदले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडियटर्स र पोखरा प्रिमियर लिगमा पोखरा पल्टनबाट खेलेका थिए । नाविदले पोखराबाट प्रतियोगिताको उपाधि जित्दा भैरहवाबाट भने उपविजेतामा सिमित भए । दुवै प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपालले २५ जनवरीमा पहिलो,२६ मा दोस्रो र २८ जनवरीमा तेस्रो वान डे युएईको घरेलु मैदान आईसीसी एक्याडेमी दुबईमा सिरिज खेल्नेछ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिज भने ३१ जनवरी देखि ३ फेब्रुअरीसम्म चल्नेछ । जस्को लागि युएईले नयाँ टोली घोषणा गर्ने छ । उता युएई १६ सदस्य टोली घोषणा गर्दा यता नेपालले बल्ल बन्द्र प्रशिक्षण थालेको छ ।

युएई टिम :
मोहम्मद नाविद(कप्तान), मोहम्मद उस्मान(उपकप्तान), चिराग सुरी, अशफाक अहमद, मोहम्मद बुटा, शाइमन अनवार, गुलाम शब्बर, इमरान हैदर, ताहिर मुगल, अमिर हयात, जहूर खान, कदीर अहमद, फहद नवाज, अब्दुल शकूर, सुल्तान अहमद, सी.पी.रिजवान ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.