7 years ago
January 10, 2019
इनरुवा (हाम्रो खेलकुद) – स्पिनर सूर्य तामाङले घातक बलिङ गर्दै ५ विकेट लिएपछि इनरुवामा जारी मनमोहन एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले प्रदेश ६ माथि ६ विकेटको सहज जित निकालेको छ ।

इनरुवा खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश ६ ले ३० औं ओभरमा अलआउट हुनुअघि १ सय ११ रन बनायो । उसका लागि कप्तान रविन्द्र जङ शाहीको ५५ बलमा ६ चौका प्रहार गर्दै ३९ र निश्चल रावतले २२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदेश ६ लाई सस्तैमा रोक्न प्रदेश ३ का युवा स्पिनर सूर्य तामाङले घातक बलिङ गरे । तामाङले ९.२ ओभरमा २ मेडन सहित २२ रन खर्चेर ५ विकेट लिए । त्यस्तै प्रतिश जि.सी २ र नन्दन यादवको नाममा १ विकेट रह्यो ।
सामान्य लक्ष्य पछ्याएको प्रदेश ३ ले २७ औं ओभरको पहिलो बलमा ४ विकेटको क्षतिमा लक्ष्य सहजै पुरा गर्यो । प्रदेश ३ का लागि आदिल खान २६, सोनु तामाङ १४, जितेन्द्र ठकुरी १६, भूपेन्द्र थापा १२ रनको योगदान दिए । प्रदेश ६ का लागि दिवान पुन, युवराज केसि, राज साह र रविन्द्र जङ शाहिले समान १ विकेट लिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]