default_image

7 years ago

January 11, 2019

अस्ट्रेलियासँग खेल्नुअघि भारतलाई धक्का,हार्दिक पान्ड्या र राहुल निलम्बित

115 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलियासँग पहिलो वान डे खेल खेल्नु अघि भारतीय क्रिकेट टिमलाई ठूलो धक्का लागेको छ । एक टेलिभिजन कार्यक्रममा महिलामाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै अलराउण्डर हार्दिक पान्ड्या र ओपनर केएल राहुललाई पहिलो वान डे खेलको लागि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले निलम्बित गरेको बुझिएको छ ।

पछिल्लो केहि दिनयता निकै विवादमा रहेका पान्ड्या र राहुलसँग बिसिसिआईले स्पष्टीकरण समेत मागेको थियो । बिसिसिआई प्रशासन समिति एक सदस्य डायना एडुल्जीका अनुसार यी दुबै खेलाडीलाई पहिलो वान डे खेलको लागि टोलीबाट बाहिर राखिएको छ । यद्यपी अन्य खेल खेलमा टिम बाहिर राख्ने वा नराख्ने भन्ने विसिसिआईले निर्णय गर्न बाँकी रहेको छ ।

भारतीय संचारमाध्यमका अनुसार पान्ड्या र राहुललाई दुई खेल प्रतिबन्ध लाग्न सक्ने उच्च संभावना रहेको छ । मिडिल तथा फिनिसर कमजोर देखी रहेको भारतीय टोलीको लागि पान्ड्या टिम बाहिर रहनु घातक सावित हुन सक्ने छ । भारत र अस्ट्रेलियाबीचको पहिलो वान डे खेल शनिवार सिड्नीमा हुँदै छ ।

त्यस्तै घरेलु टोली अस्ट्रेलियाले प्लेइङ ११ को घोषणा गरेको छ । घोषणा गरेको टिममा पिटर सिडलले ८ वर्षपछि टोलीमा कमब्याक गरेका छन् । सिडल सन् २०१० मा श्रींलकासँगको खेल पछि बल्ल टिममा मौका पाएका हुन् ।

अस्ट्रेलियाको टिम :
आरोन फिन्च (कप्तान), एलेक्स केरी, उस्मान खवाजा, शन मार्श, पीटर ह्यान्ड्सकम्ब, मार्कस स्टोइनिस, ग्लेन मैक्सवेल, नाथन लायन, पीटर सिडल, झाई रिचर्डसन, जेसन बेहरेनड्रॉफ

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.