7 years ago
January 11, 2019
एजेन्सी – श्रीलंकासँगको एक मात्र टी–२० खेलमा घरेलु टोली न्युजिल्यान्ड ३५ रनले विजयी भएको छ । १ सय ८० रनको लक्ष्य पक्ष्याएको श्रीलंका १६.५ ओभरमा अल आउट हुँदै १ सय ४४ रनमा समेटियो ।

राम्रो सुरुवात गरेको श्रीलंकाको मिडिल अडर र तल्लो क्रममा निरन्तर विकेट पतन हुँदा पराजित हुन पुगेको हो । श्रीलंकाका लागि थिसारा परेराले २४ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ४३, कुशल परेरा २३, निरोशन डिक्वेला १८, कुशल मेन्डिसले १७ र धनन्जय डी शिल्भाले १० रन जोडे । न्युजिल्यान्डका लागि लोकी फर्गुसन र ईश सोधीले समान ३ तथा टिम साउदी, मिचेल सेन्टनर, डोग ब्रेसवेल र स्कट कुग्गेलेइजनले समान एक-एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो । खराब सुरुवात गरेको न्युजिल्यान्डलाई तल्लोक्रमका ब्याट्सम्यानले इनिङ्स उकासेका थिए । ५५ रन बनाउन ५ विकेट गुमाएको न्युजिल्यान्डलाई डोग ब्रेसवेल र स्कट कुग्गेलेइजनले आक्रमक ब्याटिङ गर्दै सुरक्षित स्कोर सम्म पुर्याए ।

ब्रेसवेलले २६ बलमा ५ छक्का र १ चौका प्रहार गर्दै ४४ रनको योगदान दिए । स्कटले १५ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै ३५ रनमा नट आउट रहे । न्युजिल्यान्डका अन्य रोश टेलर ३३,मिचेल सेन्टेनर १३,कोलिन मुनरो १६ र कप्तान टिम साउदी १३ रनमा नट आउट रहे । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।
श्रीलंकाका लागि कशुन राजित ३,कप्तान लाथिस मलिङ्गा २,थिसारा परेरा लख्सन सन्दकनले १ विकेट लिएको टोलीको जितको लागि प्रयाप्त रहेन ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]