default_image

7 years ago

January 12, 2019

चीनद्धारा नेपालसामु ४९ रनको लक्ष्य प्रस्तुत

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको पहिलो खेलमा चीनले नेपाललाई ४९ रनको लक्ष्य दिएको छ ।

एसियन इस्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रन बनायो । चीनका लागि झांग चानले ३८ बलमा १ चौका प्रहार गर्दै १३ रन बनाइन् । त्यस्तै वाङ लुवान्याउ ८, हन लीली ३ र ली होयो ७ रन बनाए ।

नेपालका लागि नेरी थापाले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिंदा सिता राना मगरले १ विकेट हात पारिन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.