7 years ago
January 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा आजबाट सुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ ।

सामान्य ४९ रनको लक्ष्य नेपालले ८.४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा ओपरन काजल श्रेष्ठ १४ र सिता राना मगर २४ रनमा नट आउट रहे । सिताले २५ बलमा ३ चौका प्रहार गर्दा काजलले २९ बलमा १ चौका प्रहार गरिन् ।
त्यसअघि एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ४८ रन बनाएको थियो । उस्का लागि झांग चानले १३, वाङ लुवान्याउ ८,हन लीली ३, ली होयो ७ रन बटुल्न सकेका थिए ।
करुणा भण्डारीले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिदा नेरी थापाले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै सिता राना मगरको नाममा १ विकेट रह्यो । नेपालले दोस्रो खेल आइतबार मलेसियासँग खेल्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]