default_image

7 years ago

January 12, 2019

भारत अस्ट्रेलियासँग पराजित

114 views

0 Bookmark

एजेन्सी (सिड्नी) – तीव्र गतिका युवा बलर झेय रिचर्डसनले घातक बलिङ गरेपछि भारतसँगको पहिलो वान डे खेलमा घरेलु टोली अस्ट्रेलियाले ३४ रनले विजयी भएको छ ।

२ सय ८९ रनको लक्ष्य पछ्याएको पाहुना टोली भारतले रोहित शर्माको शानदार शतकको बाबजुद निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन मात्र बनाउन सक्यो । रोहित शर्माले १ सय २९ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै १ सय ३३ रन बनाएपनि एक्लो प्रयास भारतको जितको लागि प्रयाप्त रहेन ।

भारतले सुरुवाती ४ रन जोड्दा प्रमुख तीन ब्याट्सम्यान गुमाएको थियो । कप्तान विराट कोहली ३, शिखर धवन र अम्बाटि रायडु डक आउट हुँदै पेभिलिएन फर्किपछि भारत सुरुमै दवावमा परेको थियो । ४ रन जोड्दा ३ विकेट गुमाएको भारतलाई रोहित शर्मा र महेन्द्रसिंह धोनीले चौथो विकेटका लागि १ सय ३७ रनको साझेदारी गर्दै उद्धार गरेका थिए । धोनीले ९६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ५१ रन जोडे ।

भारतका अन्य दिनेश कात्तिक १२,रविन्द्र जडेजाले ८,कुलदिप यादव ३ र भुवनेश्वर कुमारले २९ रन बनाए । अस्ट्रेलियाको जितमा तीब्र गतिका युवा खेलाडी झेय रिचर्डसनले धातक बलिङ गरे । उनले १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर ४ विकेट लिए । त्यस्तै जेसन बेहरेनड्रोफले पनि १० ओभरमा २ मेडन सहित ३९ रन खर्चेर दुई विकेट हात पार्दा मार्कस स्टोइनिसले २ र पीटर सिडलको नाममा १ विकेट रह्यो ।

त्यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ क्षतिमा २ सय ८८ रन बनाएको थियो । उस्का लागि पिटर ह्यान्ड्सकम्ब ६१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ७३ रन जोडे ।

शन मार्श ५४,उस्मान खवाजा ५९, एलेक्स करी २४, आरोन फिन्च ६,ग्लेन म्याक्सवेल ११ र मार्कस स्टोइनिस ४७ रनमा नट आउट रहे । भारतका लागि कुलदिप यादव र भुवनेश्वर कुमारले समान दुई विकेट लिए । त्यस्तै रविन्द्र जडेजाको नाममा १ विकेट रह्यो । भारत र अस्ट्रेलियाबीच दोस्रो वान डे खेल आगमी १५ जनवरीमा हुने छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.