7 years ago
January 12, 2019
एजेन्सी – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को तेस्रो खेलमा ढाका डायनामाइट्सबीरुद्ध खराब प्रर्दशन गरेका छन् ।

सन्दीपले लिगमा अपराजित रहेको ढाकाविरुद्ध ४ ओभरमा ३३ रन खर्चिदा कुनै विकेट लिन सकेनन् । यसअघिको खेलमा चित्तागोंग भाइकिंग्ससँगको खेलमा पनि सन्दीप विकेटविहिन बनेका थिए ।
शनिबार खेलको आठौं ओभरमा बलिङ गर्न आएका सन्दीपले १ छक्का सहित कुल १२ रन खर्चिए । तेस्रो बलमा रोनी तालुकदारले छक्का प्रहार गरेपछि सन्दीप पहिलो ओभरमै महँगो सावित हुन पुगे । ११ औं ओभरमा सन्दीपले एक चौका सहित ८ रन खर्चिए । यस ओभरको पाँचौ बलमा कप्तान सकिब अल हसनले चौका प्रहार गरेका थिए । सुरुवाती २ ओभरमा २० रन खर्चेका सन्दीपमाथि ठूलो आसा राख्दै कप्तान डेविड वार्नरले १४ औं ओभरका लागि पुन बलिङ गर्न ल्याए ।
उक्त ओभरको दोस्रो बलमा आन्द्रे रसेलले चौका प्रहार गर्दा कुल ६ रन खर्चिए । तर विकेट लिन सकेनन् । यस ओभरमा ३ बल डट गराएका थिए । १६ औं ओभरमा सन्दीपले ८ रन खर्चिए । चौथो बलमा मोहम्मद नईमले छक्का प्रहार गरेका थिए । योसँगै सन्दीपले आफ्नो बलिङको कोटा सकाए ।
यसअघि सन्दीपले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । दोस्रो खेलमा चित्तागोंग भाइकिंग्सविरुद्ध धारिलो बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चिदा कुनै विकेट भने लिन सकेका थिएनन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]