6 years ago
January 12, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) ले सार्वजनिक गरेको नयाँ टी– २० क्रिकेट वरियतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले ब्याटिङतर्फ एक स्थान सुधार गरेका छन् । एक स्थान माथि उक्लिदै पारस ९६ औं स्थानमा आएका छन् ।
बलिङतर्फ वसन्त रेग्मी ७४ औं स्थानमा यथावत छन् । सोमपाल भने एक स्थान तल झरेका छन् । सोमपाल ९३ औं स्थानमा छन् । अलराउण्डरतर्फ पारस र सोमपाल यथास्थानमा छन् । पारस ४२ र सोमपाल ६४ औं स्थानमा छन् ।
टि–२० वरियताको ब्याटिङमा बाबर आजम,बलिङमा रसिद खान र अलराउण्डरमा ग्लेन म्याक्सवेल शीर्षस्थानमा छन् ।
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]