7 years ago
January 13, 2019
सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मिनाश थापाको शतकमा प्रदेश १ ले प्रदेश ४ लाई २ सय २६ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रदेश १ ले २ सय ९३ रनको लक्ष्य पक्ष्याएको प्रदेश चार १५.१ ओभरमा अल आउट हुँदै ६६ रनमा समेटियो । उस्का लागि सुमन घिमिरे २५, अमृत गुरुङ १३ र मुस्कान थापाले ११ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । प्रदेश चारलाई सस्तैमा समेट्न सिद्धान्त लोहनी र मनोज मण्डलले समान ३-३ विकेट लिँदा दिपेश कँडेल र पुष्प थापाको नाममा समान २-२ विकेट रह्यो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले मिनाश थापाको शतकमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो । प्रदेश १ लाई पराकिलो लक्ष्य तयार पार्न मिनाश थापाले १ सय १० बलमा १६ चौका र २ छक्का प्रहार गर्दै १ सय ८ रन बनाए । ओपनर निरज मुखिया र मिनाश थापाले पहिलो विकेटका लागि १ सय ५६ रनको शतकीय साझेदारी गर्दै प्रदेश १ लाई विशाल योगफल तर्फ डोर्याएका थिए । मुखियाले ४१ र मुकुन्द यादव ३६ रन जोड्दा फिर्दोस अन्सारी १७ रनमा नट आउट रहे ।
प्रदेश चारका लागि किशोर महतोले ३ र अमृत गुरुङ,बिपिन खत्री र सन्तोष न्यौपानेले समान २–२ विकेट लिए । यो जितसँगै प्रदेश १ नेट रनरेटका आधारमा एपीएफ र प्रदेश चारलाईपछि पार्दै सेमिफाइनल प्रवेश गरेको छ । अब सेमिफाइनलमा प्रदेश एकले विभागीय टिम नेपाल आर्मीको सामना गर्नेछ । यसअघि नेपाल पुलिस पनि सेमिफाइनल प्रवेश गरिसकेको छ । अन्य एक टोलीको भने टुङ्गो लाग्न बाँकी छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]