7 years ago
January 14, 2019
एजेन्सी – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा तेस्रो खेलमा युएईले नेपालाई १ सय ६ रनको लक्ष्य दिएको छ ।

एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन ५ बनायो । उस्का लागि ओपनर छाँया मुगलले सर्वाधिक ३१ रन बनाइन् । उनले ४३ बलमा १ चौका प्रहार गरिन् ।
मुगललाई सोनु खड्काले १७.३ ओभरमा इन्दु बर्माको हातबाट क्याच गराएकी थिन् । ओपनर ईशा ओझा र मुगलले पहिलो विकेटको लागि ३५ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । सिता राना मगरले ५.२ ओभरमा इन्दु बर्माको हातबाट क्याच गराउदै ओझालाई २८ रनमा पेभिलिएन फर्काएकी थिन् । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरिन् ।
त्यस्तै चामणी सेनेविरत्नेले ३० बलमा १ चौका प्रहार गर्दै २३ र निहा शर्मा २ रनमा नट आउट रहे । काभिशा कुमारी ५ रन बटुलिन् ।
नेपालका लागि करुणा भण्डारी,सोनु खड्का र सिता राना मगरले समान १-१ विकेट लिए । यस अघि नेपालले पहिलो खेलमा चीनलाई १० र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]