default_image

7 years ago

January 14, 2019

लगातार जितसँगै नेपाल सेमिफाइनलमा

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै अन्तिम ४ मा प्रवेश गरेको छ ।

युएईले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य पक्ष्याएको नेपालले १९ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । यो जितसँगै समुह ए बाट नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको जितमा काजल श्रेष्ठ र सिता राना मगरले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । सिताले ३५ बलमा ४ चौका प्रहार गर्दै ३७ रनको योगदान दिइन् ।

त्यस्तै काजलले ४२ बलमा २४ रन जोड्न सफल भइन् । इन्दु बर्मा १३, डोली भट्ट ७, कप्तान रुविना क्षेत्री वेलवासे १० र नेरी थापा ६ रनमा नट आउट रहे । युएईका लागि ईशा ओझा र हुमीरा तास्नेम,चामणी सेनेविरत्नेले समान एक विकेट लिए ।

त्यस अघि एसियन इन्स्टिच्यूट टेक्नोनलजी क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय रन ५ बनाएको थियो । उस्का लागि ओपनर छाँया मुगलले सर्वाधिक ३१ रन बनाइन् । उनले ४३ बलमा १ चौका प्रहार गरिन् ।

मुगललाई सोनु खड्काले १७.३ ओभरमा इन्दु बर्माको हातबाट क्याच गराएकी थिन् । ओपनर ईशा ओझा र मुगलले पहिलो विकेटको लागि ३५ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाएका थिए । सिता राना मगरले ५.२ ओभरमा इन्दु बर्माको हातबाट क्याच गराउदै ओझालाई २८ रनमा पेभिलिएन फर्काएकी थिन् । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरिन् ।

त्यस्तै चामणी सेनेविरत्नेले ३० बलमा १ चौका प्रहार गर्दै २३ र निहा शर्मा २ रनमा नट आउट रहे । काभिशा कुमारी ५ रन बटुलिन् ।
नेपालका लागि करुणा भण्डारी,सोनु खड्का र सिता राना मगरले समान १–१ विकेट लिए । यस अघि नेपालले पहिलो खेलमा चीनलाई १० र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

१० देश सहभागीता रहेको यस प्रतियोगितामा दुई विभाजन गरिएको छ । ग्रुप ‘ए’ मा नेपाल सहित युएई,चीन,थाइल्यान्ड ए,मलेसिया छन् । त्यस्तै ग्रुप बी” मा थाइल्यान्ड,हङकङ,इन्डोनएसिया,भुटान, र म्यानमार रहेका छन् । जस्मा समुहका शिर्ष दुई टोलीले अन्तिम ४ मा स्थान बनाउने छन् । नेपालले समुह चरणको अन्तिम खेल थाइल्यान्ड ए सँग बुधबार खेल्ने छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.