7 years ago
January 14, 2019
सुनसरी (हाम्रो खेलकुद) – प्रदेश ५ ले भारतीय क्लव सुफललाई २३ रनले पराजित गर्दै सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

प्रदेश ५ ले प्रस्तुत गरेको २ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा सुफल अन्तिम ओभारमा अलआउट हुँदै २ सय ३० रनमा समिटियो । सुफलका लागि जयचन्द यादव ४०, इन्द्रजित कुमार पोडार २३, उत्कर्ष भास्कर ३७ र राजेश सिंहले ३९ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । प्रदेश ५ का लागि म्यान अफ द म्याच रुपेश कुर्मीले ७.१ ओभरमा १ मेडन सहित २९ रन खर्चेर ५ विकेट लिए । विक्रम भुषाल, सन्दीप सुनारले २-२ र कृष्ण कार्कीले १ विकेट लिए ।
त्यसअघि प्रदेश ५ ले पहिला ब्याटिङ गर्दै ४९.२ ओभरमा अल आउट हुँदै २ सय ५३ रन जोडेको थियो । प्रदेश पाँचका लागि प्रकाश केसी ४६, सुबेन्दु पाण्डे ४०, सन्दीप सुनार ३०, कृष्ण कार्की ३८ तथा सन्दीप रजाली र राज सिंहले समान १४-१४ रन जोडे । रुपेश कुर्मी १७ र विक्रम भुषाल १२ रन बटुले । सुफलका लागि मंयक पामनानी, जितेन्द्र कुमार पोदार र राजाले समान ३-३ विकेट लिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]