7 years ago
January 14, 2019
एडिलेड (एजेन्सी)– भारत र अस्ट्रेलियाबीचको दोस्रो वान डे खेल मंगलबार एडिलेडमा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ९ः५ देखि सुरु हुने छ ।

पहिलो खेलमा ३४ रनले विजयी भएको अस्ट्रेलिया दोस्रो खेलमा पनि जित निकाल्दै तीन वान डे सिरिज अन्तिम खल अघि नै जित्ने दाउमा हुनेछ । अर्को तिर पहिलो खेलमा गुमाएको भारत भारत सिरिज जोगाउने सम्भावनालाई जिवित राख्न जित्दै पर्ने दबाबका बीच मैदान पुग्नेछ ।
यदि अस्ट्रेलियाले दोस्रो खेल जितेमा सन् २०१७ पछि पहिलो वान डे सिरीज जित्ने छ । २०१७ यता अस्ट्रेलियाले कुनै वान डे सिरीज जितेको छैन । २०१८ मा तत्कालिन कप्तान स्टिभ स्मिथ र उप कप्तान डेविड वार्नर बल टेम्परिङ काण्डका कारण एक वर्षे प्रतिबन्धमा परेपछि अस्ट्रेलियाले १३ वान डे मध्ये २ खेल मात्र जितेको थियो ।
भारतले जिते अस्ट्रेलिया भूमिमा दोहोरो उपाधि जित्दै इतिहास रच्ने छ । भारतले यसअघि २–१ ले टेस्ट सिरिज जितेको छ । भारतले पहिलो पटक अस्ट्रेलियामा टेस्ट सिरिज जितेको हो ।
दोस्रो खेलमा भारतीय टोलीमा खेलाडी परिवर्तन हुन सक्ने संभावन छ । पहिलो खेलमा खासै राम्रो प्रर्दशन गर्न नसकेका दिनेश कार्तिकको स्थानमा केदार जादव र खलिल अमिदको ठाउँमा स्पिनर युजवेन्द्र चाहल टिममा पर्ने संभावना छ । भारतलाई मध्यकर्ममा ब्याटिङले सताइरहेको छ ।
ओपनर रोहित शर्मा, शिखर धवन र कप्तान विराट कोहली बाहेक अन्य खेलाडीको प्रर्दशन पछिल्लो एक वर्षमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । भारतको धरेै जितमा यी तिन खेलाडीको प्रर्दशननै निर्णायक रहदै आएको छ ।
अस्ट्रेलियाली टोलीमा पिटर सिडलको स्थानमा बिली स्टानलेकले अवसर पाउने सम्भावना छ । कप्तान आरोन फिन्चको प्रर्दशन पनि अस्ट्रेलियालाई चिन्ताको विषय बनेको छ । फिन्चले पछिल्लो २५ इनिङसमा दुई पटक मात्र मात्र ५० रन कटाएका छन् ।
पहिलो खेलमा सानदार प्रर्दशन गरेका झेय रिचर्डसन, पिटर ह्यान्डकम्व,जेसन बेहरेनड्रोफ, मार्कस स्टोइस, शन मार्श, एलेक्स करी, उस्मान खवाजाको प्रर्दशनमा घरेलु टोली निर्भर रहने छ ।
भारतीय टोली – विराट कोहली (कप्तान),रोहित शर्मा, शिखर धवन,अम्बाती रायडू,दिनेश कार्तिक,केदार जाधव,महेन्द्रसिंह धोनी,कुलदिप यादव,युजवेन्द्र चाहल,रविन्द्र जडेजा,भुवनेश्वर कुमार,विजय शंकर,खलील अहमद,मोहम्मद शमी र मोहम्मद सिराज
अस्ट्रेलियाली टोली –आरोन फिन्च (कप्तान), एलेक्स करी,उस्मान ख्वाजा,शन मार्श,पिटर हैन्ड्सकोम्ब,मार्कस स्टोइनिस,ग्लेन म्याक्सवेल,नाथन लियान,पिटर सिडल,झेय रिचर्डसन ,मिचेल मार्श,बिली स्टानलेक,एस्टोन टर्नर,एडम जाम्पा,जेसन बेहरेनडोर्फ
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]