default_image

7 years ago

January 15, 2019

अफ्रिदीको टिमविरुद्ध सन्दीपको चौथो खेल आज

97 views

0 Bookmark

ढाका (एजेन्सी) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टोली सिल्हेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ अन्तर्गत आफ्नो चौथो खेलमा खेल कोमिल्ला भिक्टोरिएन्सविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ६:१५ देखी सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा सुुरु हुनेछ । पहिलो खेलमा सिल्हेटले कोमिल्लासँग ४ विकेटले पराजित भएको थियो ।

तस्बिर : बीसीबी

कोमिल्लाबाट अष्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथ भने खेल्ने छैनन् । उनी चोटको कारण अष्ट्रेलिया फर्किसकेका छन् । यता स्टार खलाडीले भरिएको कोमिल्लामा तामिम इकवालसँगै पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, इमरुल कायस, एविन लुईस, सोएब मालिक जस्ता ठूला नाम गरेका खेलाडी छन् ।

सन्दीपले पहिलो खेलमा पाकिस्तानका पुर्व कप्तान समेत सोएव मालिक र अनमुल हकको विकेट लिएका थिए । त्यसयता दुई खेलमा सन्दीप विकेट बिहिन छन् । सन्दीपले डेब्यू खेलमा जस्तै उत्कृष्ट प्रर्दशन गर्दै पुनरागमन गर्ने अनुमान गरिएको छ । सन्दीप २३ जनवरी सम्म बंगलादेश प्रिमियर लिग खेल्ने छन् । नेपाल र युएईबीच २५ जवनरी सुरु हुने तीन ओडीआई समान अन्तर्राष्टिय टी-२० सिरीजको लागि सन्दीप उतैबाट दुबई जाने छन् ।

बिपिएलमा सन्दीपको प्रर्दशन

सन्दीपले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गरि ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिदै सानदार सुरुवात गरे । तर दोस्रो र तेस्रो खेलमा भने विकेट लिन सकेनन् । दोस्रो खेलमा चितगोंग भाइकिंग्सविरुद्ध धारिलो बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चिदा कुनै विकेट भने लिन सकेका थिएनन् । त्यस्तै तेस्रो खेलमा ढाका डायनामाइट्सबीरुद्ध ४ ओभरमा ३३ रन खर्चिदा कुनै विकेट लिन सकेनन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.