7 years ago
January 15, 2019
एजेन्सी – कप्तान विराट कोहलीको शतकसँगै अस्ट्रेलियाविरुद्ध दोस्रो वान डे खेलमा पाहुना टोली भारत ६ विकेटले विजयी भएको छ । योसँगै तीन वान डे श्रृंखला १–१ को अवस्थामा पुगेको छ । तेस्रो तथा निर्णयक खेल आगमी १८ जनवरीमा मेलवर्नमा हुने छ । पहिलो वान डे खेलमा अस्ट्रेलिया ३४ रनले विजयी भएको थियो ।

मंगलबार भारतले २ सय ९९ रनको लक्ष्य ४ विकेटको क्षतिमा अन्तिम ओभरको दोस्रो बलमा पूरा गर्यो । भारतको जितमा कप्तान विराट कोहलीले १ सय १२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै १ सय ४ रन बनाए । यो कोहलीको ३९ औं वान डे शतक हो । त्यस्तै पूर्वकप्तान महेन्द्र सिंह धोनीले विजयी इनिङ्स खेले । धोनीले अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा पहिलो बलमा छक्का र दोस्रोमा एक रन लिंदै खेल जिताए ।
लामो समय देखी खराव लयको कारण चर्को आलोचना खेपी रहेका धोनीले आफ्नो आलोचकहरुलाई जवाफ दिएका छन् । धोनीले ५४ बलमा २ छक्का प्रहार गर्दै ५५ रनमा नट आउट रहे । दिनेश काात्तिक २५ रनमा अविजित रहे । भारतका लागि शिखर धवन ३२, रोहित शर्मा ४३ र अम्बाती रायडूले २४ रनको योगदान दिए । अस्ट्रेलियाका लागि मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, झेय रिचर्डसन र जेसन बेहरेनडोर्फले समान एक विकेट लिएपनि जितको लागि पर्याप्त रहेन ।

त्यसअघि एडिलेडमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले शन मार्शको शतकमा निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ९८ रन बनाएको थियो । मार्शले १ सय २३ बलमा ११ चौका र ३ छक्का प्रहार गर्दै १ सय ३१ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । ग्लेन म्याक्सवेलले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४८ रन बटुले ।
अष्ट्रेलियाका लागि मार्कस स्टोइनिस २९, पिटर हैन्ड्सकोम्ब २०, उस्मान खवाजा २१, एलेक्स क्यारी १८ र नाथन लायनले १२ रनको योगदान दिए । भारतका लागि भुवनेश्वर कुमारले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । मोहम्मद शामीले ३ र रविन्द्र जडेजाको नाममा १ विकेट रह्यो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]