default_image

7 years ago

January 15, 2019

विक्रमको ह्याट्रिकमा प्रदेश ७ को जित

169 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद) – सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ७ ले प्रदेश ५ लाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

प्रदेश ७ ले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य पछ्याएको प्रदेश पाँच २९ औं ओभरमा १ सय २६ रनमा अल आउट भयो । प्रदेश ५ का लागि कृष्ण कार्कीले सर्वाधिक ३६ रन बनाउन बाहेक अन्य कुनै ब्याट्सम्यान सम्झनयोग्य प्रर्दशन गर्न सकेनन् । प्रदेश ५ का अन्य सन्दीप सुनार ९, सुवेन्दु पाण्डे ११, सन्दीप रजाली १४, विक्रम भुषालले ११ र रुपेश कुर्मीले ८ रन जोडे ।

प्रदेश ७ को फराकिलो जित दिलाउन विक्रम ठगुन्नाले ह्याट्रिकसहित ८.३ ओभरमा २ मेडन सहित ३८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै नारायण जोशी र शेर मल्लले समान दुई विकेट लिदा खड्क बोहरा र नरेन्द्र साउदले समान एक विकेट हात पारे ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश ७ ले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४४ रन बनाएको थियो । उस्का लागि लोकेश बमले ६२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६८ रन बनाए । रोशन अधिकारीले १ सय २ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बटुले ।

प्रदेश ७ का अन्य विपिन रावल २४, नारायण जोशीले २२, खड्क बोहरा र विजय रानाले समान २१ रन को योगदान दिए । प्रदेश पाँचका लागि मान बहादुर थापाले ३,रुपेश कुर्मी र बिक्रम भुषालले समान दुई विकेट लिदा अनिल खरेलले आफ्नो नाममा १ विकेट लेखाए ।

बुधबार प्रदेश ७ र भारतीय क्लव सुफलबीच खेल हुने छ । भोलीको खेलमा प्रदेश ७ विजयी भए सोझै सेमिफाइनलमा पुलिससँगको भेट पक्का गर्ने छ । पराजित भए प्रदेश पाँच, सुफल र ७ मध्य एक नेट रनरेटका आधारमा सेमिफाइनल तय हुने छ । त्यस्तै अर्को सेमिफाइनलमा नेपाल आर्मीले प्रदेश १ को सामना माघ ४ गते गर्ने छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.