7 years ago
January 16, 2019
सुनसरी (हाम्रो खेलकुद)– सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो सेमिफाइनल खेलमा विहिबार प्रदेश ७ ले नेपाल पुलिसको सामना गर्ने छ। त्यस्तै दोस्रो सेमिफाइनलमा नेपाल आर्मी र प्रदेश १ बीच शुक्रबार प्रतिसप्रर्धा हुने छ ।

बुधबार भएको खेलमा प्रदेश ७ भारतीय क्लव सुफलसँग १ विकेटले पराजित भएको थियो । प्रदेश ७ झिनो अन्तरले पराजितका बाबजुद नेट रनरेटका आधारमा प्रदेश ५ र सुफललाई पछिपार्दै पुलिससँगको भेट पक्का गरेको हो ।
१ सय ८५ रनको लक्ष्य पक्ष्याएको सुफलले ३८ ओभरमा ९ विकेटको क्षतिमा १ सय ८८ रन बनाउदै लक्ष्य पुरा गर्यो । सुफलको जितमा सौरभ गिली ४३,अजय २८,एमडी इशा २३ र सुमित मिश्रले २० रन जोडे ।
सुफलका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । प्रदेश ७ का लागि शेर मल्ले १० ओभरमा ५३ रन खर्चेर ४ विकेट लिए । त्यस्तै बिनोद लामा ३,विकाश र नारायण जोशीले समान एक विकेट लिए ।
त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश ७ ले ४२ ओभरमा अल आउट हुँदै १ सय ८४ रनमा समेटियो । उस्का लागि विपिन राउवल ५३,रोशन अधिकारी २५,लोकेश बम २२ र नारायण जोशीले २१ रन बनाउन बाहेक अन्यले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । सुफलका लागि विश्वजित सिंहले ४,राजा २,इन्द्रजित,राजेश सिंह र सुमित मिश्रले समान एक विकेट हात पारे ।
विजेताले उपाधिसंगै ४ लाख १ हजार नगद पुरस्कार पाउने छ । उपविजेताले २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले २५र२५ हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार १ सय नगद पुरस्कार पाउने छन् । त्यस्तै अनुशाषित टिमले १५ हजार र उदयमान टिमले १० हजार नगद पाउने छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]