7 years ago
January 17, 2019
सुनसरी (हाम्रो खेलकुद) – दिलीप नाथको शतक र सागर ढकालले घातक बलिङबाट प्रेरिस नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार प्रदेश ७ लाई २ सय रनको फराकिलो अन्तरले पराजित हराउँदै पुलिस उपाधि नजिक पुगेको हो । ३ सय २४ रनको लक्ष्य पछ्याएको प्रदेश टोली ३१.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २३ रनमा समेटियो ।
प्रदेश ७ का लागि विपिन रावल र लोकश बमले समान २६ रन बनाए । नारायण जोशी र नरेन्द्र साउदले समान १६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
विपक्षीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका युवा स्पिनर सागर ढकालले ९.३ ओभरमा दुई मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । त्यस्तै नवीन थापा र रामनरेश गिरीले समान २ तथा सुनिल धमलाले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले दीलिप नाथको शतकमा निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २३ रनको विशाल योगफल तयार पारेको थियो । १ सय २५ बल खेलेका दीलिप ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय १६ रनमा अविजित रहे । मञ्जित श्रेष्ठ ५३,कुशल भुत्तेल २७,योगेन्द्र कार्की २५,प्रेम तामाङ २४ रन जोडे ।
त्यस्तै अमित श्रेष्ठ ११,सुनिल धमला १० र दिपेश श्रेष्ठले १२ रन बटुले । प्रदेश ७ का लागि विकास आगरीले ३,विनोद लामा २,लोकेश बम,नरेन्द्र साउद र शेर मल्लले समान १ विकेट लिए । त्रिभुवन आर्मी क्लब र प्रदेश १ बीच शुक्रबार दोस्रो सेमिफाइनल हुनेछ । त्यो खेलको विजेताले पुलिससँग शनिबार फाइनल खेल्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]