7 years ago
January 17, 2019
मेलवर्न (एजेन्सी)– भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा निर्णायक वान डे खेल शुक्रबार(भोली)मेलवर्नमा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ८ः५ देखि सुरु हुने छ ।

पहिलो खेलमा ३४ रनले पराजित भएको भारत दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । तीन वान डे को श्रृंखला १–१ को अवस्थामा छ । भारतले तेस्रो वान डे खेल जिते पुन नयाँ इतिहास रच्ने छ । यस अघि ७१ वर्षपछि पहिलो पटक टेस्ट सिरीज जितेको भारतले वान डे श्रृंखला जिते एकै साथ अस्ट्रेलियन भूमिमा दोहोरो उपाधि जित्ने छ । यहि सोचका साथ कप्तान विराट कोहली र भारतीय खेलाडी मैदान प्रवेश गर्ने छन् ।
२०१७ यता अस्ट्रेलियाले कुनै वान डे सिरीज जितेको छैन । पछिल्ला १५ वान डे खेलमा अस्ट्रेलियाले ३ मा मात्र जित निकालेको छ । तेस्रो वान डे जित्दै एक वर्षपछि सिरीज जित्न चाहान्छ । तेस्रो खेलमा भारतीय टोलीमा खेलाडी परिवर्तन हुन सक्ने संभावन छ । दोस्रो खेलमा खासै राम्रो प्रर्दशन गर्न नसकेका मोहम्मद सिराजको ठाउँमा युवेन्द्र चाहल वा विजय शंकरलाई टिममा उतार्न सक्ने संभावना देखिन्छ ।
यता तेस्रो वान डेका लागि अस्ट्रेलियाले प्लेइङ ११ घोषणा गरि रहेको छ । नाथन लायनका ठाउँमा एडम जम्मा र जेसन बेहरेनडोर्फको स्थानमा बिल्ली स्टानलेकलाई टिममा मौका दिएको छ । अन्य कुनै फेरबदल गरेको छैन ।
भारतीय टोली – विराट कोहली (कप्तान),रोहित शर्मा, शिखर धवन,अम्बाती रायडू,दिनेश कार्तिक,केदार जाधव,महेन्द्रसिंह धोनी,कुलदिप यादव,युजवेन्द्र चाहल,रविन्द्र जडेजा,भुवनेश्वर कुमार,विजय शंकर,खलील अहमद,मोहम्मद शमी र मोहम्मद सिराज ।
अस्ट्रेलियाली टोली –आरोन फिन्च (कप्तान), एलेक्स करी,उस्मान ख्वाजा,शन मार्श,पिटर हैन्ड्सकोम्ब,मार्कस स्टोइनिस,ग्लेन म्याक्सवेल,पिटर सिडल,झेय रिचर्डसन ,मिचेल मार्श,बिली स्टानलेक,एस्टोन टर्नर,एडम जाम्पा ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]