default_image

7 years ago

January 18, 2019

बलियो ढाकाको सामना गर्दै सिल्हेट सिक्सर्स

131 views

0 Bookmark

एजेन्सी – बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम सिलहेट सिक्सर्सले बलियो टोली ढाका डायनामाइट्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ देखी सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा सुरु हुने छ ।

सिल्हेटका कप्तान डेविड वार्नर र सन्दीप लामिछाने

जारी प्रतियोगितामा स्टार खेलाडीले भरिएको ढाका बलियो टोली हो । ढाका ५ खेलमा ४ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा छ । यता सन्दीपको टिम सिक्सर्सले ५ खेलमा ३ मा हार र २ मा जितका साथ छैटौं स्थानमा छ । यस अघि ढाकाले सिक्सर्सलाई ३२ रनले पराजित गरेको थियो । सन्दीप ढाकाविरुद्ध विकेट विहिन बन्न पुगेका थिए ।

ढाकाको कप्तानी बंगलादेशका अलराउण्डर सकिव अल हसनले गर्ने छन् । सकिवसँगै बंगलादेशका तीब्र गतिका बलर रुवेल हसन,वेस्ट इन्डिजका अलराउण्डर सुनिल नारायन,आक्रमक ब्याट्सम्यान आन्द्रे रसेल,रोवमन पावेल,काइरान पोलार्ड,अफगानिस्तानका आक्रमक ओपनर हजरतुल्लाह जजाई जस्ता ठूला नाम गरेका खेलाडी ढाकामा छन् ।

बिपिएलमा सन्दीपको प्रर्दशन

सन्दीप कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै २ विकेट लिएका थिए । दोस्रो खेलमा चितगोंग भाइकिंग्स र तेस्रो खेलमा ढाका डायनामाइट्सविरुद्ध बिकेट लिन सकेनन् । कोमिल्लासँग चौथो खेलमा भने सन्दीप बेन्चमा बसे । पाँचौ खेलमा रंगपुर राइडर्सवरुद १ विकेट लिए ।

सन्दीप २३ जनवरी सम्म बंगलादेश प्रिमियर लिग खेल्ने छन् । नेपाल र युएईबीच २५ जवनरी सुरु हुने तीन ओडीआई समान अन्तर्राष्टिय टी-२० सिरीजको लागि उतैबाट दुबई जाने छन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.