default_image

7 years ago

January 18, 2019

रोहित र हरि चम्किँदा आर्मी फाइनलमा

104 views

0 Bookmark

सुनसरी (हाम्रो खेलकुद)– नेपाल आर्मी सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रवार सेमिफाइनलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ । उपाधिको लागि आर्मीले शनिबार पुलिससँग प्रतिस्पर्धा गर्नेछ । पुलिस प्रदेश ७ लाई २ सय रनले हराउँदै फाइनलमा पुगि सकेको छ ।

प्रदेश १ ले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्य आर्मीले १९.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । आर्मीको जितमा रोहित कुमार पौडेलले ४४ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५८ रनमा नट आउट रहे । त्यस्तै राजेश पुलामी २३ रनमा अविजीत रहँदा कुशल मल्ल र विनोद भण्डारी समान ४ तथा राजु रिजालले ५ रन जोडे । प्रदेश १ का लागि मनोज मण्डलले २ र पुष्प थापाले १ विकेट लिए ।

त्यस अघि टस हारेर ब्याटिङ थालेको प्रदेश एक २५.४ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । प्रदेश १ का लागि रबि रोयले सर्वाधिक २२ रनको योगदान दिए । मुकुन्द यादव १७ र पुष्प थापा १९ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । प्रदेश १ लाई सस्तैमा रोक्न आर्मीका हरि चौहानले ५ ओभरमा मात्र ९ रन खर्चेर ४ विकेट लिए । त्यस्तै साहव आलम, जितेन्द्र मुखिया, विक्रम शोव, कुशल मल्ल र रोहित कुमार पौडेलले समान १–१ विकेट लिए ।

विजेताले टोलीले ४ लाख १ हजार नगद पुरस्कार पाउनेछ । उपविजेताले २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले २५/२५ हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार १ सय नगद पुरस्कार पाउने छन् । त्यस्तै अनुशासित टिमले १५ हजार र उदयमान टिमले १० हजार नगद पाउने छन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.