default_image

5 years ago

January 26, 2019

सन्दीप र सोमपालको घातक बलिङमा यूएईमाथि नेपालको कीर्तिमानी जित

23 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर सन्दीप लामिछानेले घातक बलिङ गरेपछि यूएईसँगको दोस्रो ओडीआई खेलमा नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । नेपालको लागि ओडीआईमा यो जित सर्वाधिक फराकिलो अन्तर हो । यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ ।

सोमपालले ५ विकेट र सन्दीपले ४ विकेट लिएपछि २ सय ४३ रनको लक्ष्य पक्ष्याएको घरेलु टोली यूएई १९.३ ओभरमा ९७ रनमा अल आउट भयो । नेपालको फराकिलो जितमा सोमपाल कामीले ६.३ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ५ विकेट लिए । यो सोमपालको ओडीआई करियरकै उत्कृष्ट प्रर्दशन समेत हो । त्यस्तै ओडीआईमाएकै खेलमा ५ विकेट लिने सोमपाल पहिलो नेपाली बलर पनि बनेका छन् । त्यस्तै सन्दीपले ४ओभरमा १ मेडनसहित २४ रन खर्चेर ४ विकेट लिए ।

सोमपालले पहिलो ओभरको अन्तिम बलमा ओपनर चिराग सुरीलाई शूल्यमा पेभिलिएन फर्काएका थिए । तेस्रो ओभरको पाँचौ बलमा सोमपालले नै गुलाम शब्बिरलाई आरिफ शेखबाट क्याच गराउँदै २ रनमा आउट गरे । लगत्तै पाँचौ ओभरको अन्तिम बलमा शइमन अनवारलाई खाता खोल्न नदिई एलबी डब्लू आउट गरे ।

सातौं ओभरको पहिलो बलमा अस्फाक अहमदलाई २० रनमा पेभिलिएनको बाटो देखाएपछि यूएई दबाबमा परेको थियो । सन्दीपले १५ ओभरमा तीन विकेट लिएपछि यूएईको जितकोआसा सकिएको थियो । सन्दीपले १५ ओभरको दोस्रो बलमा रिजवानलाई १६, तेस्रो बलमा फहद नवाज र अन्तिम बलमा आमिर हायतलाई शून्यमा पेभिलिएन फर्काएपछि नेपालको जित पक्का बन्न पुगेको थियो ।

त्यस्तै आक्रमक ब्याटिङ गर्न खोजि रहेका कप्तान मोहम्द नाविद १८ औं ओभरमा रन आउट भए । नाविदले ९ बलमा २ छक्का सहित रन जोडे । त्यस्तै मोहम्द उस्मानले २६ रन जोडे । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

सोमपाल कामी

त्यसअघि युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेपछि नेपालले दोस्रो ओडीआईमा यूएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो । आईसीसी एकेडेमी मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले रोहितको ५५ रनको मदतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४२ रन बनाएको थियो ।

नेपालले यो ओडीआईमा बनाएको सर्वाधिक रन समेत हो । यसै खेलबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका रोहितले ४७ औं ओभरको पहिलो बलमा आउट हुनुअघि ५८ बलमा ७ चौका प्रहार गर्दै महत्त्वपूर्ण ५५ रन बटुले ।

त्यसअघि ओपनर ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका १५.३ ओभरमा ६१ रनको साझेदारी गर्दै बलियो सुरुवात दिलाए । १६ औं ओभरमा कट बिहाइन्ड हुनुअघि विनोदले ४६ बलमा २ चौकाको मदतले २१ रन जोडे । अर्का ओपनर ज्ञानेन्द्र पनि ४४ रनमा पेभेलियन फर्किए । यो ओडीआईमा नेपालका लागि सुरुवाती जोडीले गरेको सर्वाधिक साझेदारी पनि हो ।

यस अघि नेदरल्यान्डसँग डेब्यूमा मल्ल र अनिल कुमार शाहले ५८ रनको साझेदारी गरेका थिए । लामो सट प्रहार गर्ने धुनमा ज्ञानेन्द्र जहुर खानको बलिङमा मिड अन क्षेत्रमा समातिए । उनले ६१ बलमा ४ चौका प्रहार गरे । यद्यपी सुरुवात राम्रो गरेको नेपालको मध्यक्रम भने केहि धराशायी देखियो । नेपालले सुरुवाती ५ विकेट ५२ रनको अन्तरमा गुमाएको थियो ।

रन लिने क्रममा विनोद भण्डारी र ज्ञानेन्द्र मल्ल

चौथो नम्बरमा आएका दिपेन्द्रसिंह ऐरी अस्फाक अहमदको बलमा एलबीडब्लु आउट भए । उनले १२ बलमा २ चौकासहित १० रन जोडे । पाँचौ विकेटका रुपमा २७ औं ओभरमा इमरान हैदरले पवनसरार्फलाई ८ रनमा सिपी रिजवानको हातबाट क्याच गराए । पवन पनि ठूलो शट प्रहार गर्ने चक्करमा क्याच आउट भएका थिए । लगत्तै २९ औं ओभरमा कप्तान पारस खड्कालाई हैदरलेनै एलबी डब्लू आउट गर्दै २१ रनमा पेभिलिएन फर्काए ।

त्यसपछि छैटौं विकेटका लागि आरिफ शेख र रोहित कुमार पौडेलले ८२ रनको महत्वपूर्ण साझेदारी गर्दा नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो । आरिफ ४५ ओभरको तेस्रो बलमा हैदरको एलबी डब्लूको सिकार हुनु अघि ४९ बलमा २ चौका सहित २९ रनमा आउट भए । त्यस्तै करण केसीले आक्रमक ब्याटिङ गर्दै ११ बलमा २ छक्का सहित १८ रनको योगदान दिए । सोमपाल कामी २ रनमा आउट हुँदा सन्दीप लामिछाने १४ र ललित नारायण राजवंशी ३ रनमा नट आउट रहे ।

यूएईका इमरान हैदर १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । अमिर हायतले पनि ३ विकेट हात पारे । कप्तान मोहमद नविद, जहुर खान र अस्फाक अहमदले समान १-१ विकेट लिए ।

May 10, 2024

आरसिबिको पञ्जाब विरुद्ध फराकिलो जित

एजेन्सी – रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो । […]

May 9, 2024

न्यु होराइजनलाई यु १४ क्रिकेट उपाधि

सुमन अधिकारी,बुटवल न्यु होराइजन बोर्डिङ स्कुलले जेट नेपाल यु १४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा रुपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रशिक्षण गरेको न्यु होराइजनले बुद्ध पब्लिक स्कुल, देवदहलाई ३ विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ७९ रनको लक्ष्य […]

May 9, 2024

विश्व कप छनोट भएको क्रिकेट टोलीले पुरस्कार पाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदको‌ आज बसेको बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्। आइसिसी […]

Success

Thank you for your time.