default_image

7 years ago

January 26, 2019

सोमपालको ५ विकेट, ओडीआईमा नेपालको सर्वश्रेष्ठ बलिङ

149 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

तीव्र गतिका बलर सोमपाल कामीले यूएईविरुद्धको दोस्रो ओडीआई खेलमा ५ विकेट लिएका छन् उनको शानदार बलिङ प्रदर्शनसँगै नेपाल १ सय ४५ रनको फराकिलो अन्तरले विजयी भएको छ । यो जितसँगै तीन ओडीआई श्रृंखला १ -१ को बराबरीमा पुगेको छ ।

सोमपाल कामी

सोमपालले ५ विकेट र सन्दीपले ४ विकेट लिएपछि २ सय ४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली यूएई १९.३ ओभरमा ९७ रनमा अल आउट भयो । नेपालको फराकिलो जितमा सोमपाल कामीले ६.३ ओभरमा १ मेडन सहित ३३ रन खर्चेर ५ विकेट लिए ।

सोमपालले पहिलो ओभरको अन्तिम बलमा ओपनर चिराग सुरीलाई शूल्यमा पेभिलिएन फर्काएका थिए । तेस्रो ओभरको पाँचौ बलमा सोमपालले नै गुलाम शब्बिरलाई आरिफ शेखबाट क्याच गराउँदै २ रनमा आउट गरे । लगत्तै पाँचौ ओभरको अन्तिम बलमा शइमन अनवारलाई खाता खोल्न नदिई एलबी डब्लू आउट गरे ।

सातौं ओभरको पहिलो बलमा अस्फाक अहमदलाई २० रनमा पेभिलिएनको बाटो देखाएपछि यूएई दबाबमा परेको थियो । सोमपालले दोस्रो स्पेल गर्दै २० औं ओभरको तेस्रो बलमा जहुर खानलाई आउट गरे । यो नै नेपालको लागि ओडीआई मा सर्वश्रेष्ठ बलिङ प्रदर्शन हो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.