default_image

5 years ago

January 26, 2019

‘सचिन र अफ्रिदीको रेकर्ड तोडेको थाहा थिएन’ – रोहित पौडेल

सुबास हुमागाईं, दुबई यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गरेसँगै नेपाली युवा ब्याट्समयान रोहित कुमार पौडेलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका छन् । रोहितले कम उमेरमा अर्ध शतक बनाउने रेकर्ड तोडेका हुन् । रोहितले आज ५७ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाए । अर्धशतक प्रहार गरेको दिन […]

47 views

0 Bookmark

सुबास हुमागाईं, दुबई

यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गरेसँगै नेपाली युवा ब्याट्समयान रोहित कुमार पौडेलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी रेकर्ड तोडेका छन् ।

रोहितले कम उमेरमा अर्ध शतक बनाउने रेकर्ड तोडेका हुन् । रोहितले आज ५७ बलमा ७ चौका प्रहार गर्दै ५५ रन बनाए । अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेको छ । यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्ध शतक प्रहार गरेका थिए ।

रोहितले रेकर्ड तोड्दा कस्तो लागेको छ प्रश्न गर्दा भने आफूलाई त्यसबारे केहि थाहा नभएको बताए । ‘मैले यसबारे भर्खर सुन्दै छु । यो सपनाजस्तो लागिरहेको छ । यस्तो रेकर्ड आफ्नो नाम गर्छु भनेर सोचेको पनि थिइन् । एकदमै खुसी छु,’ उनले भने ।

रोहितले पछिल्लो दुई वर्ष आफ्नो प्रदर्शन राम्रो भएपनि नियमित रुपमा रन जोड्न प्रयास गरिरहेको बताए । ‘ मैले पछिल्लो दुई वर्ष नियमित रुपमा रन जोड्ने प्रयास गरिरहेको छु । कहिले राम्रो प्रदर्शन गरेको छु त कहिले नराम्रो भएको छ । अब आउने दिनमा सधैं राम्रो प्रदर्शन गर्ने प्रयास हुनेछ,’ उनले थपे ।

सचिनको रेकर्ड तोडेपछि रोहितले यस्तो भने :

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.