7 years ago
January 28, 2019
सुबास हुमागाईं, दुबई
युएईविरुद्धको तेस्रो ओडीआई खेलमा टस जितेर फिल्डीङ रोजेको नेपालले राम्रो सुरुवात गरेको छ । तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले घातक बलिङ गरेपछि यूएईले दुवै ओपनरलाई सस्तैमा गुमाएको हो ।

सोमपालले तेस्रो ओभरमा अस्फाक अहमदलाई शुन्यमै विकेटकिपर विनोद भण्डारीको हातबाट क्याच गराए । करणले पनि छैटौं ओभरमा यूएईको स्कोर २ रन छँदा चिराग सुरीलाउ आउट गरे । नेपालले सुरुवाती १० ओभरमा यूएईलाई १४-२ को स्थितिमा रोकेको हो ।
क्रिजमा दुई बायाँहाते ब्याट्सम्यान गुलाम सब्बेर र मोहमद उस्मान रहेका छन् । १७ ओभरसम्म यूएईले २ विकेटको क्षतिमा ४१ रन जोडेको छ । उस्मान २४ रन र सब्बेर १४ रनमा खेलिरहेका छन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]