7 years ago
January 28, 2019
सुबास हुमागाईं, दुबई
मध्यक्रमका शाइमान अनवरले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ८७ रन तथा मोहमद बुटाले
आक्रामक अर्धशतक जोडेपछि तेस्रो तथा निर्णायक ओडीआई खेलमा यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएको छ । आईसीसी एकेडेमी मैदानमा ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन बनायो ।

खराब सुरुवात गरेको यूएई कुनै समय ५० ओभर पुरै टिक्न नसक्ने अवस्थामा पुगेको थियो । तर पाँचौ विकेटका लागि अनवार र सि.पि रिजवानले २०.२ ओभरमा ४७–४ को अवस्थामा रहेको यूएईलाई १ सय रनको शतकीय साझेदारी गर्दै ४२ ओभरमा १४७-५ को बलियो अवस्थामा पुर्याएपछि यूएईले नेपाललाई गतिलो चुनौती पेश गरेको हो । अन्तिम १६ ओभरमा नेपालका बलरले १ सय ५४ रन खर्चेका थिए ।
यूएईलाई विशाल योगफल तयार पार्न उत्कृष्ट ब्याटिङ गरेको अनवरले ७० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८७ रन बनाए । शतकीय साझेदारी करण केसीले ४२ ओभरको दोस्रो बलमा रिजवानलाई ४५ रनमा विकेटकीपर विनोदबाट क्याच गराउदै तोडेका थिए । रिजवानले ७६ बलमा ५ चौका प्रहार गरे । त्यस्तै आक्रममक ब्याटिङ गर्दै मोहम्मद बुटाले पनि अर्धशतक बनाए । उनले ३१ बलमा नटआउट ५९ रन जोडे । उनले ५ चौका र ४ छक्का प्रहार गरे । मोहमद नवीदले ३ बलमा ११ रन जोडे ।

सुरुवाती १० ओभरमा १४ रन जोड्न २ विकेट गुमाएको थियो । तेस्रो अोभरको पाँचौ बलमा सोमपालले ओपनर अस्फाक अहमदलाई विकेट किपर विनोद भण्डारीबाट क्याच गराउँदै शून्यमा पेभिलिएन फर्काए । करणले चिराग सुरीलाई छैटौं ओभरको अन्तिम बलमा डक आउट पेभिलिएन फर्कापछि यूएई २–२ को कमजोर अवस्थामा पुर्याएका थिए ।
तेस्रो विकेटका लागि मोहम्द उस्मान र गुलाम शब्बेरले ४५ रनको साझेदारी गर्दै यूएईको संकट टारेका थिए । सन्दीपले २० औं ओभरको चौथो बलमा शब्बेरलाई १८ रनमा एलवी डब्लू आउट पाट्नरशिप तोडे । लगत्तै पारस खड्काले २१ ओभरको दोस्रो बलमा उस्मानलाई ललित राजवंशीको हातबाट क्याच गराउँदै २६ रनमा आउट गरे । उस्मानले ४२ बलमा ४ चौका प्रहार गरे ।
नेपालका लागि करण केसी र पारस खड्काले २-२ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेको नाममा १-१ विकेट रहयो ।
पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा १ सय ४५ रनले विजयी भएको थियो । आजको विजेताले तीन ओडीआई श्रृंखला २–१ ले जित्ने छ । नेपालले यूएईले प्रस्तुत गरेको लक्ष्य पष्याउन सके पहिलो ओडीआई सिरीज जित्दै इतिहास रच्ने छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]