default_image

7 years ago

February 4, 2019

पाकिस्तानलाई १० विकेटले हराउँदै नेपाल ४-० ले विजयी

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानसँगको पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपालले ४– ० ले जितेको छ । सोमवार भएको पाँचौ तथा अन्तिम टी २० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले सिरिज ४–० ले जित्न सफल भएको हो ।

यसअघि पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल ९ विकेटले जितेको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्ध हुन पुगेको थियो । इस्लामावादस्थित शालिमार क्रिकेट ग्राउण्डमा भएको अन्तिम खेलमा मनकेसी चौधरीले अर्धशतकमा १ सय २७ रनको लक्ष्य नेपालले मात्र १०.४ ओभरमा सहजै पुरा गर्यो । मनकेसीले ३६ बलमा १५ चौकाको प्रहार गर्दै ८१ रनमा अविजित रहिन् । आशा रेगामी ३३ बलमा अविजित ३२ रन जोडिन्। १ सय २७ रनको साझेदारी अन्तर्राष्ट्रिय महिला क्रिकेटमा यो कुनै पनि विकेटको लागि उच्च साझेदारी पनि हो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनाएको थियो। पाकिस्तानका लागि ओपनर निशा बुकसले सर्वाधिक ४० र तयावा फतिमाले २७ रन बटुले । नेपाली कुनै पनि बलरले विकेट लिन सकेनन् । पाकिस्तानको सबै विकेट नेपालले रनआउट गराएको थियो । विकेटकिपर मनकेसिले ३ तथा बिनिता पुनले २ रनआउट गरिन् ।

नेपालको लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ दि म्याच घोषित भइन् । उनले २५ हजार हात पारिन्। यस्तै भ्यालुएबल प्लेअर बनेकी आशाले ५ हजार हात पारिन् । सिरीज जितेको नेपालले १ लाख पाकिस्तानी नगद हात पार्‍यो। पाकिस्तानी टोलीले भने ५० हजारमै चित्त बुझायो ।

यसैगरी सिरिजभर उत्कृष्ट प्रदर्शन गरेकी नेपालकी मनकेसी बी टु क्याटेगोरीतर्फ उत्कृष्ट बनिन् । यस्तै नेपालकै मुना अर्याले बी वान क्याटेगोरीतर्फ र नेपालकी विनिता पुन बी थ्री क्याटेगोरीतर्फ उत्कृष्ट घोषित भइन् । यस्तै पाकिस्तानी टिमका किरण रफिक उत्कृष्ट विकेट किपर घोषित भइन् ।

December 9, 2025

विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ। जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ। लगातार दोस्रो पटक […]

December 9, 2025

विराटनगरलाई सुदूरपश्चिमको मध्यम लक्ष्य, विनोदको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सबाट १ सय ५६ रनको मध्यम लक्ष्य पाएको छ। टस जितेर विराटनगरले फिल्डिङ रोजेको थियो। पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो। यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक […]

December 9, 2025

विराटनगविरुद्ध सुदूरपश्चिमले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा आज प्ले सुरु हुँदैछ। क्वालिफायर वानमा लिग चरणको शीर्ष टोली सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको विराटनगर किङ्सले एक अर्काको सामना गर्नेछन्। आजको खेल‌ जित्ने टोली फाइनल पुग्नेछ। कप्तान सन्दीप विराटनगरले टस जितेर ब्याटिङ रोजेको छ। दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले पहिला ब्याटिङ गर्नेछ। लिच चरणको […]

Success

Thank you for your time.