default_image

7 years ago

February 9, 2019

धनगढीद्वारा विदेशी खेलाडी परिवर्तन

129 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धनराशीको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)का लागि घरेलु टोली धनगढी स्टार्सले विदेशी खेलाडी परिवर्तन गरेको छ ।

यूएईका बलर आमिर हायात (बीच) विकेट लिएपछि खुसी मनाउँदै

यसअघि धनगढीले घोषणा गरेको भारतीय खेलाडी सागर त्रिवेदी नखेल्ने भएका छन् । धनगढीका कप्तान सोमपाल कामीका अनुसार भारतीय क्रिकेट बोर्डका कारण सागर नखेल्ने भएका हुन् । यसअघि धनगढीले विदेशी खेलाडीको रुपमा यूएईका कप्तान रोहन मुस्तफा र भारतीय सागर खेल्ने सार्वजनिक गरेको थियो ।

सागर नआउने भएपछि धनगढीले विदेशी उनको स्थानमा यूएईका तीब्र गतिका बलर आमिर हायतलाई भित्र्याएको कप्तान सोमपालले जानकारी दिए । हायतले तल्लो क्रममा ब्याटिंग पनि गर्ने गर्दछन् । उनले नेपालविरुद्ध पहिलो ओडीआईमा यूएईलाई जित दिलाउन म्यान अफ द म्याच प्रदर्शन गरेका थिए । बलिङमा ३ विकेट लिएका उनले नटआउट २४ रन जोड्दै टोलीलाई जितसम्म डोर्याएका थिए ।

नेपालविरुद्ध ब्याटिङ गर्दै आमिर हायात

तीब्र गतिका बलर हायातले यूएईबाट ९ ओडीआई, ४ टि-२० आई र १६ लिष्ट ए खेलेका छन् । हायत पहिलो पटक नेपाली फ्रेन्चाइज लिग खेल्न लागेका हुन् । नेपालसँगको ओडीआई र टि-२० सिरीजमा हायतले उत्कृष्ट प्रर्दशन गरेका थिए । ओडीआई सिरीजमा ६ र टि-२० श्रृंखलामा हायतले ४ विकेट लिएका थिए । धनगढीले पहिलो काठमाडौं गोल्डेन्सँग माघ २८ मा खेल्ने छ । धनगढी गत वर्षको च्याम्पियन टोली समेत हो ।

धनगढी स्टार्स टोली :
सोमपाल कामी (कप्तान), पवन सर्राफ, सुनील धमला, सौरभ खनाल, दिपेश श्रेष्ठ, अमित श्रेष्ठ, विपिन खत्री, हरि बहादुर चौहान, राजु रिजाल, रोबिन क्षेत्री, सन्दिप रजाली, धिरज शाही, कृष्ण ऐर, रोहन मुस्तफा (यूएई) र आमिर हायत (यूएई)

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.