default_image

7 years ago

February 9, 2019

धनगढी क्रिकेट सम्मान अग्रवाललाई,भट्टराइलाई अर्जुन खड्का स्मृति पुरस्कार

127 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाल र पूर्वप्रशिक्षक सुनोज भट्टाईलाई सम्मान गरेको छ ।

पवन अग्रवाललाई नेपाली क्रिकेटमा पुर्याएको योगदानलाई कदर गर्दै धनगढी क्रिकेट सम्मान पवनलाई प्रदान गरेको हो । पवनले आफूले प्राप्त गरेको १ लाख रुपैयाँ पुरस्कार राशी फाप्ला क्रिकेट मैदानलाई दिने बताएका छन् ।

त्यस्तै भट्टराइलाई अर्जुन खड्का स्मृति पुरस्कार प्रदान गरेको हो । भट्टराई नेपालले अन्तराष्ट्रिय क्रिकेटमा पहिलो पटक कदम चाल्दाका प्रशिक्षक थिए । उनकै प्रशिक्षकत्वमा नेपालले १९९६ को एसिसि ट्रफि मलेशियामा खेलेको थियो । यस्तै नेपाल पहिलो पटक अण्डर १९ विश्वकपका लागि छनोट हुँदा उनी प्रशिक्षक थिए । उनले पनि एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यसैबीच धनगढी प्रिमियर लिगको उद्धघाटन पनि भएको छ । प्रतियोगिताको खेल भने सोमबारदेखि हुनेछ । उद्धघाटनमा धनगढी क्रिकेट एकेमेडीका अध्यक्ष सुवास साहि, सदुरपश्चिम प्रदेश प्रमुख त्रिलोचन भट्ट, प्रतियोगिताक गुडविल एम्बेसेडर दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर जोन्टी रोड्स लगायतको उपस्थित रहेको थियो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.