7 years ago
February 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको उच्च प्रदर्शनमा मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) टी–२० क्रिकेट प्रतियोगितामा सिड्नी सिक्सर्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ ।

सिड्नी सिक्सर्सलाई आइतबार ९४ रनको फराकिलो अन्तरले पराजित गर्दै मेलबर्न लिगमा दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुग्न सफल भएको हो । मेलबर्नले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी १३ ओभर ४ बलमा ७४ रनमा अलआउट गर्दै फराकिलो जित निकालेको हो ।
सिड्नीलाई कम स्कोरमा रोक्न मेलवर्नका लागि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उच्च प्रदर्शन गरे । सन्दीपले आफ्नो स्पेलको ३ ओभर ४ बलमा ११ रन खर्चिएर ३ विकेट हात पारे ।
सिड्नीका ड्यानिय ह्युग्सले १२, स्टिभ ओ किफीले ११ तथा टोम कुरनले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुुल्न सकेन ।
एडम जाम्पा र ड्यानियल ओरालले समामन २–२ तथा ग्लेन म्याक्सवेल र ज्याक्सन बर्डले समान १–१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मेलवर्नले ग्लेन म्याक्सवेलको आक्रमक इनिङ्सको मद्दतमा ६ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार पारेको थियो । मेलबर्नका लागि म्याक्सवेलले ४३ बलमा ६ छक्का र ४ चौकाको मद्दतमा ८२ रन बनाएको थियो । पिटर ह्यान्डकम्वले ३५ तथा मार्कुंस इस्टोइन्सले ३४ रन जोडे । निक म्याडिन्सले १३ रन जोडे । सिड्नीका टोम कुरनले २ तथा बिन डिवार्सियस, सिन एब्बोट र स्टिभ ओ किफीले समान १–१ विकेट लिए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]