default_image

5 years ago

February 10, 2019

भारतविरुद्ध रोमांचक जितसँगै न्युजिल्यान्डलाई टि-२० सिरिज

एजेन्सी – निर्णायक टि-२० खेलमा भारतलाई ४ रनले पराजित गर्दै न्युजिल्यान्डले टि-२० सिरिज २-१ ले कब्जा गरको छ । जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा टिम साउथीले ११ रनमात्र खर्चेपछि घरेलु टोलीको जित पक्का भएको हो । आइतबार भएको निर्णायक खेलमा भारतले २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा […]

55 views

0 Bookmark

एजेन्सी – निर्णायक टि-२० खेलमा भारतलाई ४ रनले पराजित गर्दै न्युजिल्यान्डले टि-२० सिरिज २-१ ले कब्जा गरको छ । जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा टिम साउथीले ११ रनमात्र खर्चेपछि घरेलु टोलीको जित पक्का भएको हो ।

आइतबार भएको निर्णायक खेलमा भारतले २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय ८ रनमात्र जोड्न सक्यो । क्रुनाल पान्ड्या र दिनेश कार्तिकले सातौं विकेटका लागि आक्रामक साझेदारी गरेपनि मध्यक्रममा अपेक्षित प्रदर्शन हुन नसक्दा भारतले पराजय भोग्नुपर्यो ।

सातौं विकेटका लागि क्रुनाल र दिनेशले ४.४ ओभरमा नटआउट ६३ रनको साझेदारी गरेपनि जित दिलाउन सकेनन् । दिनेश १६ बलमा ४ छक्कासहित ३३ रनमा नटआउट रहँदा क्रुनालले २ चौका र २ छक्कासहित १३ बलमा २६ रनको योगदान दिए । भारतका लागि महेन्द्रसिंह धोनी २ र ओपनर शिखर धवन ५ रनमा पेभेलियन फर्केका थिए ।

कप्तान रोहित शर्माले ३२ बलमा ३८ रन जोड्दा विजय शंकरले २८ बलमा ५ चौका र २ छक्कासहित ४३ रनको योगदान दिए । ऋषभ पन्तले १२ बलमा १ चौका र ३ छक्कासहित २८ रन जोड्दा हार्दिक पान्ड्याले ११ बलमा १ चौका र २ छक्कासहित २१ रन जोडे । न्युजिल्यान्डका लागि मिचेल सान्टनर र डेरील मिसेलले २-२ तथा स्कट कुग्गेलेजिन र बलेर तिक्नरले १-१ विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले आक्रामक सुरुवात पाएपछि २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रन जोडेको थियो । टिम सिफर्ट र कोलिन मुनरोले आठौं ओभरमा नै ८० रन पुर्याएका थिए । सिफर्ट २५ बलमा ३ चौका र ३ छक्कासहित ४३ रन जोड्दै आउट भए । मुनरोले त्यसपछि आक्रामक ब्याटिङ गर्दै ४० बलमा समान ५ चौका र ५ छक्कासहित ७२ रनको उत्कृष्ट इनिङ खेले । उनी खेलको म्यान अफ द म्याच पनि भए ।

कप्तान केन विलियमसनले २१ बलमा २७ रन जोड्दा कोलिन डे ग्रान्डहोमले १६ बलमा ३ चौका र १ छक्कासहित ३० रनको योगदान दिए । डेरील मिसेलले ११ बलमा १९ तथा रोस टेलरले ७ बलमा १४ रन जोडे । भारतका कुलदिप यादवले २ तथा भुवनेश्वर कुमार र खलिल अहमदले १-१ विकेट हात पारे ।

ओडीआई सिरिजमा ४-१ को फराकिलो हार बेहोरेको न्युजिल्यान्डले टि-२० सिरिज भने २-१ ले जितेको छ । पहिलो खेलमा फराकिलो जित दर्ता गरेको न्युजिल्यान्ड दोस्रो खेलमा भने पराजित भएको थियो । यस सिरिज हारसँगै भारतको लगातार १० टि-२० सिरीज जितको सिलसिलमा पूर्णविराम लागेको छ ।

April 27, 2024

नेपाल र वेस्ट इन्डिज ‘ए’ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले विश्वकपको अन्तिम तयारीका लागि आज वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजको पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२:१५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेलको पूर्व सन्ध्यामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका थिए । यसअघि एसीसी प्रिमियर कपका […]

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

Success

Thank you for your time.