7 years ago
February 11, 2019
धनगढी (हाम्रो खेलकुद) – सर्वाधिक धन राशीको धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण आज देखी प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा सुरु हुँदैछ । आज दुई खेल हुने छन् ।

पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सले प्रतिसप्रर्धा गर्ने छन् । खेल विहान ९ बजेदेखी सुरु हुने छ । दोस्रो खेलमा महेन्द्रनगर युनाइटेट र रुपन्देही च्यालेन्जबीच दिउँसो १ बजेपछि भिड्ने छन् । गत वर्ष फाइनलमा काठमाडौं गोल्डेन्सलाई २१ रनले हराएर धनगढीले उपाधि जितेको थियो । गोल्डेन्स ज्ञानेन्द्र मल्ल र स्टार्स सोमपाल कामी कप्तानीमा मैदान उत्रने छ । दुबै टाली डिपिएलमा सुखद सुरुवात गर्न चाहान्छन् ।
स्पिनर ललित नारायण राजवंशी, तीव्र गतिका बलर राशिद खान, कप्तान ज्ञानेन्द्र मल्ल, भारतीय आक्रमक ब्याट्सम्यान गौरभ तमोर र अलराउण्डर अंकित दवास काठमाडौंका मुख्य हतियार हुन् । यी खेलाडीको प्रर्दशनमा काठमाडौं बढि निर्भर हुने छ । त्यस्तै ज्ञानेन्द्र मल्लको नेतृत्व पनि घरेलु लिगमा राम्रो छ ।

यता गत वर्षको च्याम्पियन टोली स्टार्सका तीव्र गतिका बलर अलराउण्डर सोमपाल कामी, स्पिनर पवन सरार्फ, यूएईका कप्तान रोहन मुस्तफा, तीव्र गतिका बलर आमिर हायत, ओपनर सुनिल धमला र अमित श्रेष्ठ तथा हिटर सौरभ खनाल प्रमुख खेलाडी हुन् । धनगढीले घरेलु मैदान र दर्शकको पनि फाइदा उठाउने छ । पछिल्ला पाँच खेलमा धनगढीले काठमाडौंमाथि ४ खेलमा जित निकाल्दा १ खेलमा पराजित भएको छ ।
त्यस्तै आजको दोस्रो खेलमा उपाधिका प्रमुख दावेदार महेन्द्रनगर युनाइटेट र रुपन्देही च्यालेन्जर्स भिड्ने छन् । यी दुईबीचको खेल दिउँसो १ बजेपछि सुरु हुने छ । रुपन्देहीको कप्तानी वसन्त रेग्मी र महेन्द्रनगरको कप्तानी शरद भेषवाकरले गर्ने छन् । घरेलु लिगमा शरद सर्वाधिक सफल कप्तान मानिन्छन् । वसन्त त्यति सफल छैनन् । यसपटक आफूलाई प्रमाणित गर्ने राम्रो अवसर हुनेछ ।
राष्ट्रिय टिमका स्टार खेलाडी दुवै टोलीमा रहेका छन् । कागजमा हेर्दा महेन्द्रनगरलाई डिपिएलमा फ्रेन्चाइज लिग मध्यको सर्वाधिक बलियो टिम मान्न सकिन्छ । मैदानमा कस्तो प्रर्दशन गर्छ त्यो हेर्न बाँकी छ । यता रुपन्देही पनि कमजोर छैन । रुपन्देहीले अक्सनमा अन्य टिमको तुलनामा राम्रा खेलाडी पाएको थियो । त्यसैले रुपन्देही पनि बलियो मनवोलका साथ उपाधि जित्ने दाउमा धनगढी आएको छ ।

महेन्द्रनगरमा कप्तान शरदसँगै केहि दिनअघि यूएई टुरमा उत्कृष्ट प्रर्दशन गरेका अभिनास बोहोरा, रोहित कुमार पौडेल, सिनियर टिममा कमब्याकको पर्खाईमा रहेका हिटर सिद्धान्त लोहनी, ओपनर दिलिप नाथ, घरेलु लिगमा सानदार प्रर्दशन गर्दै आएका शाहब आलम, यूएईका तीव्र गतिका बलर मोहम्मद नाविद जस्ता खेलाडी छन् ।
हार्ड हिटर विनोद भण्डारी, युवा खेलाडी भिम सार्की, तीव्र गतिका बलर ललितसिंह भण्डारी, ओपनर प्रदिप ऐरी, हङकङका बाबर हायत र पाकिस्तानी अलराउण्डर राजा अलि डर जस्ता चर्चित खेलाडी रहेका छन् । रुपन्देहीलाई उपाधिको दावेदार मध्य एक मानिएको छ । गतवर्ष महेन्द्रनगरले रुपन्देहीलाई ४ विकेटले हराएको थियो ।
फागुन ११ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रोले ४ लाख र चौथो स्थानमा रहनेले २ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता पाउनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था हुने आयोजकले जनाएको छ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]