7 years ago
February 11, 2019
धनगढी (हाम्रो खेलकुद) – ब्याट्सम्यान अमित श्रेष्ठले अर्धशतक प्रहार गरेपछि तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को पहिलो खेलमा घरेलु टोली धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई जितको लागि १ सय ३३ रनको लक्ष्य दिएको छ ।

फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३२ रन बनायो । दुवै ओपनरलाई सस्तैमा गुमाएको धनगढीका लागि अमितले ५० रनको योगदान दिए । उनले ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे । अमितलाई नन्दन यादवले बोल्ड आउट गरे । त्यस्तै अन्तिममा आक्रमक रुपमा ब्याटिङ गर्दै सौरभ खनालले १० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रनमा नटआउट रहे ।
धनगढीले पहिलो ओभरको तेस्रो बलमै सुनिल धमलासँग रनमा तालमेल गर्न रोहन मुस्तफालाई शुन्यमा गुमाएको थियो । लगतै दोस्रो ओभरको दोस्रो बलमा सुनिल धमला ३ रनमा आउट भए । सुनिललाई नन्दन यादवले गौरभ तोमरबाट क्याच गराए ।
तेस्रो विकेटका लागि सन्दीप रजाली र अमित श्रेष्ठले ५२ रनको साझेदारी गर्दै धनगढीको इनिङ्स उकासेका थिए । १२ औं ओभरको दोस्रो बलमा ललितनारायण राजवंशीले आफैं क्याच लिंदै रजालीलाई २८ रनमा आउट गर्दै साझेदारी तोडे। रजालीले ३५ बलमा ४ चौका प्रहार गरे । पवन सरार्फले १८ बलमा १९ रन जोडे ।
काठमाडौंका लागि नन्दन यादवले धातक बलिङ गरे । नन्दनले मात्र ३ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । त्यस्तै अकिंत दवास र ललित नरायण राजवंशीको नाममा पनि समान एक एक विकट रह्यो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]