default_image

7 years ago

February 11, 2019

रुपन्देहीको कमजोर प्रदर्शन, महेन्द्रनगरलाई १ सय १२ रनको लक्ष्य

131 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – रुपन्देही च्यालेन्जर्सले कमजोर ब्याटिङ गरेपछि धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले जितका लागि १ सय १२ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोड्यो । रुपन्देहीका लागि मध्यक्रमका ब्याट्सम्यान सुमित महर्जनले २७ रन जोडे । उनले ३५ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । विनोद भण्डारीले १९, बाबर हायातले १४ र सन्दीप सुनारले १५ रनको योगदान दिए । अन्य खेलाडीको प्रदर्शन भने निराशाजनक रहयो ।

रुपन्देहीले सुरुवातनै खराब रहयो । दोस्रो ओभरको पहिलो बलमै ओपनर प्रदीप ऐरीलाई १ रनमा गुमाएको थियो । प्रदीपलाई सागर ढकालले सिद्धान्त लोहनीबाट क्याच गराए । सागरले छैटौं ओभरको पहिलो बलमा बाबर हायतलाई १४ रनमा क्याच आउट गराए । बाबरले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

सातौं ओभरको तेस्रो बलमा सन्दीप सुनार १५ रनमा रन आउट भए । नवौं ओभरको अन्तिम बलमा कप्तान शरद भेषवाकरले कुशल मल्लको हातबाट क्याच गराउँदै विनोदलाई १९ रनमा पेभिलिएन फर्काएपछि रुपन्देही दवावमा परेको थियो । विनोदले १६ बलमा २ छक्का र १ चौका प्रहार गरे । रुपन्देहीको विकेट पतन निरन्तर जारी रह्यो ।

ओपनर प्रदीप ऐरीले १, पुनित मेहेराले ३ तथा भीम सार्कीले २ रन मात्र जोड्न सके । कप्तान वसन्त रेग्मीले खाता खोल्न सकेनन् भने कृष्ण कार्की ४ रन जोड्दै पेभेलियन फर्किए । विक्रम सोबले आक्रमक ब्याटिङ गरेपछि रुपन्देहीले १ सय रनको आँकडा पार गरेको थियो । उनले १० बलमा १ चौका र १ छक्कासहित नटआउट १६ रन जोडे ।

महेन्द्रनगरका सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट हात पारे । अभिनाश बोहोरा र सागर ढकालले २-२ विकेट लिए । शरद भेषवाकरले १ विकेट लिए ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.