default_image

5 years ago

February 11, 2019

रोमान्चक खेलमा रुपन्देही २ रनले विजयी

59 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको महेन्द्रनगर २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रनमा सिमित भयो

अन्तिम ओभरमा १२ रन चाहिएको अवस्थामा कृष्ण कार्कीले उत्कृष्ट बलिङ गरेपछि रुपन्देही विजयी भएको हो । अन्तिम ओभरको पहिलो बलमा आक्रामक ब्याटिङ गरिरहेका मोहमद नविदलाई कृष्ण कार्कीले बोल्ड गर्दै रुपन्देहीलाई बलियो स्थितिमा पुर्याएका थिए । नविदले ९ बलमा १२ रन जोडे । दोस्रो र तेस्रो बलमा अभिनाश बोहोराले क्रमश: २ र १ रन लिए ।

चौथो बलमा अमरसिंह राउटेलाले लामो सट प्रहार गरेपनि पुनित मेहेराले कुनै खतरा नलिई बाउन्ड्री जोगाउँदै २ रन दिए । पाँचौ बलमा पनि अमरले २ रन जोडे । अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा २ रनमात्र लिएपछि रुपन्देही विजयी भयो ।

सामान्य लक्ष्य पछ्याएको महेन्द्रनगरका लागि ओपनर दिलिप नाथ र शरद भेषावकरले अपेक्षित सुरुवात दिलाउन सकेनन् । कप्तान शरद चौथो ओभरमा ४ रनमा कट बिहाइन्ड भए । लगत्तै अर्को ओभरमा दिलिप नाथ ८ रनमा क्याच आउट भए ।

मध्यक्रमका कुशल मल्ल ९ र आरिफ शेख ५ रनमा लगातार ओभारमा आउट हुँदा महेन्द्रनगर समस्यामा पारेको थियो । सुब्रमनियम आनन्दले सम्हालिएर ब्याटिङ गरेपनि ठुलो स्कोर जोड्न सकेनन् । उनले ३४ बलमा १ चौका र २ छक्काको मदतले २५ रनको योगदान दिए । सिद्धान्त लोहनी पहिलो बलमा नै पेभेलियन फर्केपछि महेन्द्रनगर ६६-६ को दयनीय अवस्थामा पुगेको थियो ।

युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र यूएईका मोहमद ३४ रनको आक्रामक साझेदारी गर्दै महेन्द्रनगरको जिततर्फ उन्मुख गराएका थिए । तर रोहित २१ बलमा २४ रन जोड्दै १९ औं ओभरमा विक्रम सोबको बलमा बोल्ड भएपछि साझेदारी टुटेको थियो ।

रुपन्देहीका लागि पुनित मेहेराले कसिलो बलिङ गर्दै ४ ओभरमा १३ रन खर्चेर २ विकेट हात पारे । विक्रम सोबले ३ विकेट लिँदा वसन्त रेग्मी र ललितसिंह भण्डारीले पनि १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रन जोड्यो । रुपन्देहीका लागि मध्यक्रमका ब्याट्सम्यान सुमित महर्जनले २७ रन जोडे । उनले ३५ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे । विनोद भण्डारीले १९, बाबर हायातले १४ र सन्दीप सुनारले १५ रनको योगदान दिए । अन्य खेलाडीको प्रदर्शन भने निराशाजनक रहयो ।

रुपन्देहीले सुरुवातनै खराब रहयो । दोस्रो ओभरको पहिलो बलमै ओपनर प्रदीप ऐरीलाई १ रनमा गुमाएको थियो । प्रदीपलाई सागर ढकालले सिद्धान्त लोहनीबाट क्याच गराए । सागरले छैटौं ओभरको पहिलो बलमा बाबर हायतलाई १४ रनमा क्याच आउट गराए । बाबरले १३ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

सातौं ओभरको तेस्रो बलमा सन्दीप सुनार १५ रनमा रन आउट भए । नवौं ओभरको अन्तिम बलमा कप्तान शरद भेषवाकरले कुशल मल्लको हातबाट क्याच गराउँदै विनोदलाई १९ रनमा पेभिलिएन फर्काएपछि रुपन्देही दवावमा परेको थियो । विनोदले १६ बलमा २ छक्का र १ चौका प्रहार गरे । रुपन्देहीको विकेट पतन निरन्तर जारी रह्यो ।

ओपनर प्रदीप ऐरीले १, पुनित मेहेराले ३ तथा भीम सार्कीले २ रन मात्र जोड्न सके । कप्तान वसन्त रेग्मीले खाता खोल्न सकेनन् भने कृष्ण कार्की ४ रन जोड्दै पेभेलियन फर्किए । विक्रम सोबले आक्रमक ब्याटिङ गरेपछि रुपन्देहीले १ सय रनको आँकडा पार गरेको थियो । उनले १० बलमा १ चौका र १ छक्कासहित नटआउट १६ रन जोडे ।

महेन्द्रनगरका सिद्धान्त लोहनीले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट हात पारे । अभिनाश बोहोरा र सागर ढकालले २-२ विकेट लिए । शरद भेषवाकरले १ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.