7 years ago
February 12, 2019
धनगढी (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) को दोस्रो दिन आज सिवाइसी अत्तरिया र धनगढी स्टार्स तथा रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्स भिड्दै छन् ।

पहिलो खेलमा अत्तरिया र धनगढीबीच प्रतिसप्रर्धा हुने छ । यी दुईबीचको खेल विहान ९ बजे देखि फाप्ला क्रिकेट मैदानमा सुरु हुनेछ । धनगढी सोमपाल कामी र अत्तरिया दिपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रने छ । पहिलो खेलमा काठमाडौंसँग ४ विकेटले पराजित भएको धनगढी दोस्रो खेलमा पहिलो जितको खोजिमा हुने छ । यता युवा खेलाडीले भरिएको अत्तरिया पहिलो खेलमै जित निकाल्दै सुखद सुरुवात गर्न चाहान्छ ।
स्टार्सका कप्तान सोमपालले पहिलो खेलको कमजोरी सुधार गर्दै दोस्रो खेलमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका थिए । तीव्र गतिका बलर अलराउण्डर सोमपाल कामी, स्पिनर पवन सरार्फ, यूएईका कप्तान रोहन मुस्तफा, तीव्र गतिका बलर आमिर हायत, ओपनर सुनिल धमला र अमित श्रेष्ठ तथा हिटर सौरभ खनाल धनगढीका प्रमुख खेलाडी हुन् ।
अलराउण्डर तथा कप्तान दिपेन्द्रसिंह ऐरी, यूएई टुरमा उत्कृष्ट प्रर्दशन गरेका युवा ब्याट्सम्यान सन्दिप जोरा, अनुभवी स्पिनर भुवन कार्की, घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका कमल सिंह ऐरी, भारतीय अलराउण्डर सन्नी पटेल र विकेटकीपर जयकिशन कोल्सावाला अत्तरियाका प्रमुख खेलाडी हुन् । पछिल्ला दुई खेलमा अत्तरिया १ मा जित र १ मा पराजित भएको छ ।
दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्सबीच १ बजेपछि खेल सुरु हुनेछ । पहिलो खेलमा महेन्द्रनगर युनाइटेडमाथि २ रनको रोमान्चक जित निकालेको रुपन्देही लगातार दोस्रो जित निकाल्ने दाउमा हुने छ । यता फ्रेन्चाइज लिगमा पहिलो पटक कप्तानी गर्न लागेका करण केसी पनि पहिलो खेलमै जित निकाल्न चाहान्छन् । हार्ड हिटर विनोद भण्डारी, युवा खेलाडी भिम सार्की, तीव्र गतिका बलर ललितसिंह भण्डारी, ओपनर प्रदिप ऐरी, हङकङका बाबर हायत, अनुभवी बलर बिक्रम शोव र कप्तान वसन्त रेग्मी मुख्य हतियार हुन् ।
यता किंग्सका अलराउण्डर करण केसी, हिटर कुशल भुर्तेल, तीव्र गतिका बलर किशोर महतो, ओपनर हरिशंकर शाह र स्पिनर सुशन भारी प्रमुख खेलाडी हुन् । यी खेलाडीको प्रर्दशनमा विराटनगरको नतिजा बढि निर्भर रहने छ । पछिल्लो डिपिएलमा यी दुई टालीले ३ पटक एक आपसमा प्रतिस्पर्धा गरेका थिए । जसमा किंग्सले २ र रुपन्देहीले १ खेलमा जित निकालेका थिए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]