default_image

5 years ago

February 12, 2019

अत्तरिया ५ रनले विजयी, धनगढीको लगातार हार

धनगढी (हाम्रो खेलकुद) – स्पिनरहरुले कसिलो बलिङ गरेपछि सीवाईसी अत्तरियाले तेस्रो धनगढी प्रिमियर लिगको तेस्रो खेलमा धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । जितमा लागि ९६ रनको लक्ष्य पछ्याएको धनगढीले २० अोभरमा ९ विकेटको क्षतिमा ९० रनमात्र जोड्न सक्यो ‌ । अन्तिम अोभरमा जितका लागि १८ रन अावश्यक परेको स्थितिमा राजु रिजालले कमलसिंह एेरीको […]

24 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – स्पिनरहरुले कसिलो बलिङ गरेपछि सीवाईसी अत्तरियाले तेस्रो धनगढी प्रिमियर लिगको तेस्रो खेलमा धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ । जितमा लागि ९६ रनको लक्ष्य पछ्याएको धनगढीले २० अोभरमा ९ विकेटको क्षतिमा ९० रनमात्र जोड्न सक्यो ‌ ।

अन्तिम अोभरमा जितका लागि १८ रन अावश्यक परेको स्थितिमा राजु रिजालले कमलसिंह एेरीको अोभरमा १२ रनमात्र जोड्न सके । उनले पहिलो बलमा चौका, तेस्रोमा छक्का र पाँचौ बलमा २ रनमात्र बनाए । अन्य बल डट भयो । राजु २६ बलमा २६ रन जोड्दै नटअाउट रहे ।

९६ रनको सामान्य लक्ष्य पछ्याएको धनगढीको शीर्ष क्रमदेखीनै खराब प्रर्दशन रह्यो । दोस्रो ओभरको चौथो बलमै ओपनर सुनिल धमलालाई व्यक्तिगत १० रनमा गुमाएको थियो । ठूलो शट खेल्न खोज्दा सन्नी पटेलको बलमा धमलालाई बोल्ड आउट हुन पुगे । लगतै अर्को बलमा आफैं क्याच लिदै पेटलले अमित श्रेष्ठलाई खाता खोल्न नदिई पेभिलिएन फर्काए ।

आठौं ओभरको अन्तिम बलमा दिपेन्द्रसिंह ऐरीले रोहन मुस्तफालाई बोल्ड गरेपछि अत्तरियाको झिनो जितको आसा देखिएको थियो । रोहनले २७ बलमा २ चौका सहित १८ रन जोडे । लगत्तै नवौं ओभरको चौथो बलमा भुवन कार्कीले पेटलबाट क्याच गराउँदै पवन सरार्फलाई डक आउट पेभिलिएको बाटो देखाएपछि धनगढी ४०-४ को कमजोर अवस्थामा पुग्यो ।

धनगढीको विकेट पतन निरन्तर जारी रह्यो । भुवनलेनै १३ ओभरको चौथो बलमा सोमपाल कामीलाई १० रनमा सन्नीबाट क्याच गराए । सोमपालले १७ बलमा १ छक्का हाने । लगतै दिपेन्द्र राउतले १४ ओभरको पाँचौ बलमा सन्दीप रजालीलाई ११ रनमा क्याच आउट गराएपछि धनगढी संकटमा परेको थियो । भुवन कार्कीले १७ ओभरको दोस्रो बलमा आमिर हायतलाई ४ र तेस्रो बलमा सौरभ खनाललाई डक आउट गरेपछि अत्तरियाको जित पक्का बनेको थियो ।

अत्तरियाका लागि भुवन कार्कीले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए । तयस्तै सन्नी पटेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरी, दिपेन्द्र राउतले १ विकेट लिए ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा मंगलबार टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेटको ९५ क्षतिमा रन बनायो । शीर्षक्रममा खराब प्रर्दशन गरेको अत्तरियालाई अन्त्यमा सन्नी पटेलले आक्रमक ब्याटिङ गर्दै केहि इनिङ्स उकासे । सन्नी २८ बलमा समान २ चौका र छक्का हान्दै ३५ रनमा अविजित रहे ।

अत्तरियाले पहिलो विकेटका रुपमा छैटौं ओभरको चौथो बलमा ओपनर जयकिशन कोल्सावालाई व्यक्तिगत २१ रनमा गुमाएको थियो । रोहन मुस्तफाको बलमा गलत सट खेल्दा २६ बलमा समान १ चौका र छक्का प्रहार गर्दै कोल्सावाला पेभिलिएन फर्के । लगतै आठौं ओभरको दोस्रोे बलमा रोहन मुस्तफाले अर्का ओपनर सुबेन्दु पाण्डेलाई ३ रनमा एलवी डब्लू आउट गरे ।

१३ ओभरको दोस्रो बलमा विपिन खत्रीले विकेटकीपर राजु रिजालबाट दिपेन्द्रसिंह ऐरीलाई ११ रनमा आउट गरेपछि अत्तरिया केहि दवावमा परेको थियो । त्यस्तै आमिर हायतले १५ ओभरको पाँचौ बलमा प्रेम तामाङलाई १२ रनमा बोल्ड गरेपछि अत्तरिया ५६-४ को कमजोर अवस्थामा पुगेको थियो । तामाङले २५ बलमा १ चौका प्रहार गरे ।

यूएई टुरमा उत्कृष्ट प्रर्दशन गरेका सन्दीप जोरा २ रनमा क्याच आउट भएपछि अत्तरियाको ठूलो स्कोरको संभावना लगभग सकिएको थियो । सन्नीले ठूलो सट खेल्दै अत्तारियाको स्कोर उकासे ।

धनगढीका लागि रोहन मुस्तफाले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । बिपिन खत्रीले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिए । त्यस्तै सोमपाल कामी र आमिर हायतले पनि समान एक विकेट लिए ।

April 19, 2024

नेपाललाई हराउँदै यूएई प्रिमियर कपको फाइनलमा

मस्कट (हाम्रो खेलकुद) – साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएईले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य यूएईले ओभरमा ४ विकेटको क्षतिमा १८ […]

April 19, 2024

बागमती प्रदेशको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। आज भएको खेलमा कोशी प्रदेशलाई ७ रनको झिनो अन्तरमा हराउँदै बागमतीले ४ अंक बनाएको छ। माथिल्लो मुलपानी मैदानमा जितको लागि १ सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको कोशी प्रदेश २० ओभरमा अल आउट हुँदै १ सय ३१ रनमा समेटियो। […]

April 19, 2024

फाइनल पुग्न यूएईलाई नेपालको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]

Success

Thank you for your time.