7 years ago
February 13, 2019
धनगढी (हाम्रो खेलकुद)– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो दिन आज दुई खेल हुने छन् ।

पहिलो खेलमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच हुने छ । खेल ९ बजेपछि सुरु हुने छ । काठमाडौंले पहिलो खेलमा धनगढी स्टार्सलाई ४ विकेटले पराजित गरेको थियो । काठमाडौं लगतार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ । यता पहिलो खेलमा रुपन्देहीसँग २ रनले पराजित भएको शरद भेषवाकर कप्तान रहेको महेन्द्रनगर पहिलो जितको खोजिमा छ । गत वर्ष काठमाडौंले महेन्द्रनगरलाई ५ विकेटले हराएको थियो ।
त्यस्तै आजको दोस्रो खेलमा धनगढी स्टार्स र विराटनगर किंग्स भिड्ने छन् । खेल १ बजेपछि सुरु हुने छ । दुबै टोली पहिलो जितको खोजिमा हुने छन् । पहिलो खेलमा काठमाडौंसँग ४ विकेटले र दोस्रो खेलमा अत्तरियासँग ५ रनले पराजित भएको धनगढी गर वा मरको अवस्थामा छ । सुरुवाती दुई सिजन उपाधि जितेको धनगढी प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना जिवित राख्न जित्नैपर्ने दवाव छ ।
अघिल्लो चरणको यात्रा कायमै राख्न धनगढीले आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा धनगढीको अघिल्लो चरणको यात्रा कठिन हुने छ । त्यस्तै पहिलो खेलमा विराटनगर रुपन्देहीसँग ५ विकेटले पराजित भएको थियो । करण केसी कप्तान रहेको विराटनगर आजको खेलमा जित निकाल्दै अघिल्लो चरणको यात्रा बलियो बनाउने सोचका साथ मैदान प्रवेश गर्ने छ । गतवर्ष धनगढी विराटनगरसँग १८ रनले पराजित भएको थियो ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]