default_image

7 years ago

February 14, 2019

सन्दीप सम्मिलित मेलवर्नको सेमिफाइनल खेल आज

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व चर्चित अस्ट्रेलियाको फ्रेन्चाइज टि-२० लिग विग ब्यासको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलवर्न स्टार्स र होवर्ट हुरीकेन्सबीच नेपाली समय अनुसार दिउँसो २ : १५ देखी होवर्टमा सुरु हुने छ ।

स्टार्स समूह चरणको दुबै खेलमा होबार्टसँग पराजित भएको थियो । होबार्टले स्टार्सलाई ५९ रन र ६ विकेटले हराएको थियो । होबार्ट १४ खेलमा १० मा जित र ४ मा हारका साथ शिर्ष स्थानमा रहेर सेमिफाइनल खेल्दा स्टार्स समान खेलमा ७ मा जित र ७ मा हारका साथ चौथो स्थानमा रहँदै सेमिफाइनल यात्रा पक्का गरेको थियो ।

होबार्टमा जारी विग ब्यासमा सर्वाधिक रन बनाउनेको सुचिको पहिलो र दोस्रो स्थानमा रहेका डार्सी शर्ट र कप्तान तथा विकेटकीपर मैथ्यु वेड रहेका छन् । त्यस्तै उत्कृष्ट प्रर्दशन गर्दै आएका जोफ्रा आर्चर, जेम्स फल्कनर, टाइमल मिल्स जस्ता खेलाडी रहेका छन् । यता सन्दीपको टिममा मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, ड्वेन बाभ्रो,पिटर ह्यान्डसकम्व, एडम जाम्पा प्रमुख खेलाडी हुन् ।

स्टार्सलाई सेमिफाइनलसम्म पुर्याउन सन्दीपले निर्णायक खेलमा सिड्नी सिक्सर्सविरुद्ध ३ ओभर ४ बलमा मात्र ११ रन खर्चिएर ३ विकेट लिएका थिए । त्यसैले आजको खेलमा सन्दीप प्लेइङ ११ मा पर्ने निश्चित जस्तै छ । सन्दीपले विग ब्यासमा कुल ६ खेल्दै ११ विकेट लिएका छन् । स्टार्समै अर्का स्पिनरको रुपमा रहेका एडम जम्पाले ११ खेलमा ११ मात्र विकेट लिएका छन् । त्यसैले पनि सन्दीप प्लेइङ ११ मा पर्ने निश्चित जस्तै देखिन्छ ।

सन्दीप सुरुवाती ४ खेल खेल्दै गत जनवरी ३ मा बंगलादेश प्रिमियर लिग खेल्न गएका थिए । बिपिएलमा सुरुवाती ६ खेल खेदै सन्दीप यूएईसँगको तीन ओडीआई र तीन टि-२० को लागि नेपाल फर्केका थिए । फेब्रुअरी ४ मा यूएईसँगको सिरीज सकिएपछि नेपाली टोली स्वदेश फर्किदा सन्दीप उतैबाट विग ब्यास खेल्न अस्ट्रेलिया गए । सन्दीप विग ब्यास पछि पाकिस्तान सुपर लिग खेल्न यूएई जाने छन् ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.